default_image

1 year ago

December 26, 2022

ग्रीनको सानदार बलिङमा दक्षिण अफ्रिका धरासयी

एजेन्सी – युवा अलराउन्डर क्यामरन ग्रीनको सानदार बलिङसँगै दक्षिण अफ्रिका तेस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियासँग पहिलो इनिङमा सस्तैमा आउट भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका ६८.४ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । दक्षिण अफ्रिका मार्को यानसनले १ सय ३६ बलमा १० चौकासहित सर्वाधिक ५९ […]

126 views

0 Bookmark

एजेन्सी – युवा अलराउन्डर क्यामरन ग्रीनको सानदार बलिङसँगै दक्षिण अफ्रिका तेस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियासँग पहिलो इनिङमा सस्तैमा आउट भएको छ ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिका ६८.४ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । दक्षिण अफ्रिका मार्को यानसनले १ सय ३६ बलमा १० चौकासहित सर्वाधिक ५९ रन बनाए । विकेटकिपर काइल भेरेन ९९ बलमा ३ चौकासहित ५२ रनमा आउट भए ।

एक समय ६७–५ को कमजोर अवस्थामा पुगेपनि छैटौं विकेटका लागि मार्को यानसन र काइल भेरेनले १ सय १२ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । क्यामरन ग्रीनले भेरेनलाई स्टिभ स्मिथबाट क्याच गराएपछि अष्ट्रेलिया पुन खेलमा हाबी बन्यो । अन्तिम पाँच विकेट दक्षिण अफ्रिकाले मात्रै १० रन जोड्दा गुमायो ।

कप्तान डिएन एल्गर २६ र सारेल एर्वी १८ रनमा आउट भए । क्यामरन ग्रीनले १०.४ ओभरमा ३ मेडनसहित २७ रन खर्चेर ५ विकेट लिए । मिचेल स्टार्कले दुई, स्कट बोलान्ड र नाथन लायनले एक एक विकेट लिए । अलराउन्डर क्यामरन ग्रीनलाई गत शुक्रबार आइपिएल अक्सनमा मुम्बई इन्डियन्सले १७ करोड ५० लाख भारुमा किनेको थियो ।

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

Success

Thank you for your time.