default_image

1 year ago

December 26, 2022

विश्व क्रिकेटमा बन्यो दुर्लभ नयाँ कीर्तिमान

एजेन्सी – विश्व टेस्ट क्रिकेटको १ सय ४५ वर्षको इतिहासमा पहिलो पटक सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट भएका छन् । न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा पाकिस्तानका सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट हुँदै दुर्लभ कीर्तिमान बनाएका छन् । स्पिनर अजाज पटेलको चौथो ओभरको तेस्रो बलमा ओपनर अब्दुल्लाह शफिक ७ रनमा विकेटकिपर टम ब्लन्डेलबाट स्टम्पिङ आउट भए । […]

60 views

0 Bookmark

एजेन्सी – विश्व टेस्ट क्रिकेटको १ सय ४५ वर्षको इतिहासमा पहिलो पटक सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट भएका छन् । न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा पाकिस्तानका सुरुवाती दुबै ब्याटर स्टम्पिङ आउट हुँदै दुर्लभ कीर्तिमान बनाएका छन् ।

स्पिनर अजाज पटेलको चौथो ओभरको तेस्रो बलमा ओपनर अब्दुल्लाह शफिक ७ रनमा विकेटकिपर टम ब्लन्डेलबाट स्टम्पिङ आउट भए । सातौं ओभरको पहिलो बलमा शन मसुद माइकल ब्रेसवेलको बलमा तीन रनमा स्टम्पिङ आउट भएका थिए ।

यो पुरुष टेस्ट इतिहासमा पहिलो सुरुवाती दुई विकेट स्टम्पिङ आउट भएको पहिलो पटक हो । महिला टेस्ट खेलमा भने सन् १९७६ मा अष्ट्रेलिया र वेस्टइन्डिजबीचको खेल पनि सुरुवाती दुई ब्याटर स्टम्पिङ आउट भएका थिए ।

पहिलो टेस्ट खेलमा कराँचीमा टस जितेर पहिला ब्याटिङ रोज्दै ३२ ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ । पाकिस्तानका कप्तान बाबर आजम ९१ बलमा ७ चौकासहित ६४ रनमा क्रिजमा अविजित छन् । पाकिस्तानले मोहम्मद रिजवानको स्थानमा शरफराज खानलाई खेलाएको छ।

न्युजिल्यान्डले २००२ पछि पाकिस्तानमा क्रिकेट खेलि राखेको छ । न्युजिल्यान्डको टोली गतवर्ष पाकिस्तान भ्रमण गरेपनि अन्तिम समयमा सुरक्षाको कारण देखाउँदै नखेल्ने निर्णय लिँदै फर्किएको थियो ।

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो । लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

Success

Thank you for your time.