default_image

3 years ago

December 30, 2022

‘समर्थकलाई मैदानमै आउन आग्रह गर्दछु’– ज्ञानेन्द्र मल्ल

543 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टि२० लिगमा समर्थकलाई मैदानमै आउन आग्रह गरेका छन् । नेपाल टि२० लिगमा यसअघि जस्तो दर्शक नआएपछि ज्ञानेन्द्रले उक्त आग्रह गरेका हुन् ।

‘समर्थक नआउँदा एकदमै खल्लो लाग्छ । किन आई रहेका छैनन् भन्दा पनि म आउन आग्रह गर्छु । हामीले एक अर्कालाई साथ नदिने हो भने क्रिकेट अघि बढ्दैन । जो जस्तो भएपनि नेपाल टि२० लिग भनेर आइसकेपछि हामीले साथ दिनुपर्छ’, ज्ञानेन्द्र मल्लले भने ।

‘चाहे त्यो सानो रकमबाट होस् वा उपस्थीतिले । त्यो देखाउनु पर्छ । जित्दा मात्रै होईन नेपाली क्रिकेटलाई कसैले यतिधेरै लगानी गरेको छ भने हामी सबैजनाको जिम्मेवारी हो की आएर उपस्थीति जनाउने । म चाहन्छु की अरु दिनमा काम भएपनि विदाको दिन पहिला हामीले जुन नम्बर देख्ने गर्दथ्यौं । वहाँहरु आउनु हुन्छ होला भन्ने आशा गर्छु’, ज्ञानेन्द्रले भने ।

नेपाल टि२० लिग शनिबार देखि सुरु भएको हो । शनिबार देखि सोमबार सम्म सम्म टिकट मूल्य तीन सय राखिएको थियो । मंगलबारदेखि टिकट मूल्य एक सय राखिएको थियो । त्यसमा पनि दर्शक नआएपछि बुधबार देखि प्रवेश निशुल्क गरिएको थियो । शुक्रबारबाट पुन एक सय रुपैयाँ राखिएको छ ।

काठमाडौं लुम्बिनी अल स्टार्ससँग ३५ रनले पराजित भयो । १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं एक समय ५–४ को अवस्थामा पुगेको थियो । ज्ञानेन्द्रले योजनाअनुसार खेल्न नसकेको बताए ।

‘सुरुवातमा विकेट अस्ति भन्दा राम्रो भएको थियो । विहान पहिलो इनिङपछि पनि राम्रो नै हुन्छ । हामीले सदुपयोग गर्न सकेनौं । रन आउट देखि सबै मोमेन्टम एक पटक परिवर्तन भयो । हामीले सोचे जस्तो राम्रो गर्न सकेनौं’, उनले भने ।

यस प्रतियोगितामा नेपाली प्रमुख ब्याटरले नै अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । विदेशी खेलाडीले भने लगातार म्याच विनिङ प्रदर्शन गर्दै आएका छन् । ज्ञानेन्द्र म्याच अभ्यासको कुरा बताउँछन् ।

‘म्याच प्राटिक्सको कुरा हो । विदेशी खेलाडी फरक वातावरणमा खेलि राखेको हुन्छ । कतिपयलाई दबाब भएको हुनसक्छ । हामी नेपाली खेलाडी खेल्नुपर्छ भनेर भनि राखेका हुन्छौं । हामी नेपाली खेलाडी सहयोगी भूमिकाबाट राम्रो आई रहेको पनि देख्दैनौं । हामीले अझ सहयोग गर्नुपर्छ । त्यो भने आत्माविश्वास पनि आउँछ’, ज्ञानेन्द्रले भने ।

त्यसैमा थपे, ‘विदेशी खेलाडीहरु आफ्नो खेल खेल्न आएको हुन्छ । उनीहरु बढी मज्जा पनि लिई रहेको हुन्छ । उनीहरुलाई धेरै दबाब पनि हुन्न । आफ्नो सट पनि खेल्छन् । विदेशी खेलाडीहरु पनि केहि सफल हुन सकेका छैनन् । प्रदर्शन गर्छ र अनुभव पाउँछौं भनेर नै हामी भन्दा माथिल्लो स्तरको विदेशी खेलाडी लिएर आएका हुन्छौं ।’

नेपाल टि२० लिगमा दर्शक : भित्र पस्नेभन्दा बाहिर बस्ने बढी

‘हामीले राम्रो क्रिकेट नखेल्दा समर्थक निराश हुनुहुन्छ ‘– रोहित

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.