default_image

3 years ago

December 31, 2022

शेख दाजुभाइको उत्कृष्ट साझेदारीमा लुम्बिनीको पहिलो हार

470 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आरिफ र आसिफ शेख दाजुभाइको उत्कृष्ट साझेदारीमा पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हराएको छ । योसँगै नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको लगातार पाँच जितको यात्रा समाप्त भएको छ । पोखराले दोस्रो जितका साथ प्लेअफ सम्भावना कामयै राखेको छ ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १८.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । पोखरा आसिफ शेख (भाइ) ६२ बलमा ९ चौकासहित ७७ रनमा अविजित रहे । आसिफले साड्ली भान स्केलस्क्किकलाई विजयी चौका हाने ।
आसिफको जारी प्रतियोगिता दोस्रो अर्धशतक हो ।

आरिफ शेख ३७ बलमा २६ रनमा अविजित रहे । दोस्रो विकेटका लागि आरिफ र आसिफले ९५ रनको अविजित साझेदारी गर्दै सहज जित हात पारे । ओपनर सुमित महर्जन १२ बलमा २ चौकासहित १३ रनमा क्याच आउट भए । किशोर महतोको बलमा सुमित आउट भएका थिए । त्यसपछि पोखराले आरिफलाई आज तेस्रो नम्बरमा पठाएको थियो । त्यसपछि शेख दाजुभाइले सहज जित दिलाए ।

त्यसअघि टियु किकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.५ ओभरमा १ सय २७ रनमा अल आउट भयो । लुम्बिनीको शीर्षक्रम स्पिनर विपिन खत्रीले धरासयी बनाएका थिए । मध्यक्रम जाहिर खानले धरासयी बनाए । ९ मध्य ८ विकेट पोखरा स्पिनरले लिए । पाँचौं ओभरको तेस्रो बलमा विपिन खत्रीले ओपनर सुनिल धमलालाई १५ रनमा कट एण्ड बोल्ड आउट गरे ।

धमलाले १४ बलमा १ चौका र १ छक्का हाने । विकेटकिपर कुशल भुर्तेललाई विपिन खत्रीले गोल्डेन डक पेभेलिएन फर्काए । हरम्रीत सिंह भने जाहिर खानको बलमा एलबीडब्लू आउट गरे । विपिन खत्रीले अल स्टार्सका प्रमुख ब्याटर ह्यारी टेक्टरलाई १० रनमा क्याच आउट गराएपछि अल स्टार्स ६६–४ को कमजोर अवस्थामा पुगेको थियो । सिद्धान्त लोहनीले दीपेन्द्रसिंह ऐरीलाई १० रनमा आसिफ शेखबाट क्याच आउट भए ।

प्रमुख ब्याटर तथा ओपनर लाहिरु मिलान्था घाइते हुँदा आजको खेलमा टोलीमा छैनन् । तल्लोक्रमका ब्याटरको पनि प्रदर्शन राम्रो हुन सकेन । योगेन्द्रसिंह कार्की १३, साड्ली भान स्केलक्किक १६, गुलशन झा २, प्याट ब्राउन ७ र किशोर महतो ४ रनमा आउट भए ।

पोखराका स्पिनर विपिन खत्री ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । स्पिनर जाहिर खानले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख, तुलबहादुर थापा र सिद्धान्त लोहनीले एक एक विकेट लिए ।

लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंक सहित शीर्ष स्थानमा छ । पोखरा ७ खेलमा २ मा जित र ५ मा हारसहित पाँचौं स्थानमा छ । लुम्बिनीले आइतबार विराटनगर सुपर किंग्ससँग खेल्नेछ । पोखराले सोमबार काठमाडौं नाइट्ससँग खेल्नेछ । पोखरा शीर्ष चारमा रहँदै प्लेअफ खेल्न बाँकी तीन खेल जित्नुपर्छ । अन्य टोलीको नतिजामा भरपर्छ ।

शेख दाजुभाईको सम्पूर्ण क्रिकेट जीवनी पढ्नुहोस् : शेख दाजुभाइ – घरको छतदेखि राष्ट्रिय टोलीसम्म सँगै

किन विकेटकिपिङ गर्दैछन् कुशल भुर्तेल ?

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.