default_image

3 years ago

January 16, 2023

नेपालको मुख्य प्रशिक्षक बन्न देभ ह्वाटमोरको आवेदन

315 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली क्रिकेटको मुख्य प्रशिक्षक बन्न पुन: आवेदन दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले अघिल्लो साता नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि खुल्ला माग गरेको थियो । त्यसमा अघिल्लो वर्ष नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक छाडेर भारतीय रणजी ट्रफी बरोडा हेर्न गएका देव ह्वाटमोरले पनि आवेदन दिएका छन् ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले ह्वाटमोरले पनि आवेदन दिएको पुष्टि गरेका छन् । दुई वर्षअघि ह्वाटमोरको प्रशिक्षकमा नेदरल्यान्ड्स र मलेसियाविरुद्ध त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो ।

उनको प्रशिक्षकमा सट छनोट, डट बलमा कमी, आक्रामक ब्याटिङ, कमजोर ब्याटिङ सुधार, टिम सन्तुलन र उच्च मनोबलले नेपाली क्रिकेटमा नयाँ आशाको दियो बलेको थियो । अर्कोतर्फ भद्रगोल ब्याटिङक्रम समस्या पनि सुधार देख्न सकिन्थ्यो ।

उनले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग खेल्नु अघि पपुवा न्युगिनीसँग दुई अ‍ेडिआई सिरिज खेलेपछि गतवर्ष भदौंमा नेपाली क्रिकेट छाडेका थिए । ह्वाटमोरको प्रशिक्षकमा सन् १९९६ मा श्रीलंकाले विश्वकप उपाधि जितेको थियो । ह्वाटमोरले नेपालमा ८ महिना अवधिमा ब्याटिङमा कान्तिकारी परिवर्तन ल्याएका थिए । ब्याटिङमा उनले धेरै आशा देखाउँदै छाडेर गएका थिए ।

अघिल्लो महिना नेपालले भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई हटाएको थियो । नेपालले मुख्य प्रशिक्षकमा मोन्टी देशाईलाई ल्याउने चर्चा चल्दै आएको छ । मोन्टी देशाईले पनि आवेदन दिएको क्यानले पुष्टि गरेको छ । नेपालले अर्को महिना घरेलु मैदान टियुमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्ड र नामिबियासँग खेल्दैछ ।

आवेदन दिने अन्तिम मिती भने गत शुक्रबार सम्म थियो । क्यानले २७ जनाको आवेदन परेको जनाएको छ । जसबाट सर्ट लिष्ट गर्नेछ । सर्ट लिष्टमा सबै सहमती मिलेपछि नेपालको मुख्य प्रशिक्षक घोषणा गर्नेछ ।

त्यसैले नेपालले चाँडै नै मुख्य प्रशिक्षकको नाम टुङ्गाउनेछ । नेपालले आइसिसी विश्वकप लिग २ मा अव १२ खेल खेल्न बाँकी छ । जसमा शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा १० खेल जित्नु पर्ने हुन्छ । तर पछिल्लो समय नेपालको ब्याटिङ भने सम्झन लायक छैन ।

यो पनि: मोन्टी देशाइ मुख्य प्रशिक्षक बन्ने उच्च सम्भावना

नेपाल फर्कने प्रशिक्षक ह्वाटमोरको इच्छा

३० महिनामै सिनियर टोलीमा पाँच प्रशिक्षक

ह्वाटमोरले राजीनामा दिनुका पाँच कारण

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.