default_image

1 year ago

January 17, 2023

डीसीए कप क्रिकेट हुने

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा दीपेन्द्र स्वार स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बिहीबार देखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगितामा २० स्कुलहरुको सहभागिता रहनेछ । माघ १६ गतेसम्म चल्ने प्रतियोगिता टी–२० फम्र्याटमा हुनेछ । प्रतियोगिता विजेताले ५० हजार र उपविजेता टोलीले ३० हजार पाउनेछन् […]

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा दीपेन्द्र स्वार स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बिहीबार देखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । प्रतियोगितामा २० स्कुलहरुको सहभागिता रहनेछ ।

माघ १६ गतेसम्म चल्ने प्रतियोगिता टी–२० फम्र्याटमा हुनेछ । प्रतियोगिता विजेताले ५० हजार र उपविजेता टोलीले ३० हजार पाउनेछन् । त्यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले जानकारी दिए ।

वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् । डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।
‘मेरो छोराको पनि खेलप्रति ठूलो रुचि थियो । खेलले अनुशासनमा बस्न र स्वास्थ्य नागरिक उत्पादनमा सहयोग पुर्याउँछ,’ दीपेन्द्रकी आमाबासु बम स्वारले भनिन्, ।

एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुललेभल देखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस भन्ने उदेश्यले स्कुल स्तरीय प्रतियोगिता आयोजना गरिएको बताए ।

‘स्कुलमै थुप्रै क्रिकेटप्रति रुचि भएका प्रतिभावान खेलाडीहरु हुनुहुन्छ,’ न्यौपानेले भने, ‘उहाँहरुलाई उचित प्लेटफर्म दिन र उहाँहरुको प्रतिभा चिनि त्यसलाई तिखार्ने प्रतियोगिताको उद्देश्य हो ।’

डीसीएको स्कुल स्तरीय प्रतियोगिताबाट पहिचान भएका नारायण जोशी, बसन्त कार्कीलगायत खेलाडीहरु हाल राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.