default_image

1 year ago

January 18, 2023

कन्चनको अर्धशतकमा अन्तिम खेलमा बागमतीको जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा विकेटकिपर कन्चन श्रेष्ठको अर्धशतकमा बागमती प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ३७ रनले पराजित गरेको छ । बागमती अन्तिम खेलमा जितका साथ बाहिरिएको छ । जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३५ रन बनायो […]

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा विकेटकिपर कन्चन श्रेष्ठको अर्धशतकमा बागमती प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ३७ रनले पराजित गरेको छ । बागमती अन्तिम खेलमा जितका साथ बाहिरिएको छ ।

जनता क्रिकेट पार्कमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । बागमतीकी कन्चन श्रेष्ठले ५२ बलमा ९ चौकासहित सर्वाधिक ५६ रनको योगदान दिइन् । कप्तान अश्मिना कर्माचार्यले १६ बलमा २ चौकासहित १८, अश्मिता खरेल १२, हेलिसा गुरुङ ११ र सोनी पाख्रिनले १३ रन बनाइन् ।

गण्डकीको कुसुम गोदार, सृष्टी जैशी, निरुता र सीमाना केसीले एक एक विकेट लिए ।

जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९८ रन बनायो । गण्डकीको सीमना केसीले ५६ बलमा ३ चौकासहित सर्वाधिक ३६ रनमा अविजित रहिन् । कप्तान सृष्टी जैशीले ३८ बलमा ५ चौकासहित ३४ रन जोडिन् । अन्य ब्याटरले राम्रो गर्न सकेनन् ।

बागमतीको अश्मिना कर्माचार्यले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । विपिशा शाही र सविका यादवले एक एक विकेट लिए ।

समूह ए मा रहेको बागमती ३ खेलमा २ मा हार र एकमा जितसहित तेस्रो स्थानमा रहेर बाहिरियो । गण्डकी तीनै खेलमा पराजित हुँदै अंक विहीनका साथ पुछारमा रहेर बाहिरियो ।

 समूह ए बाट सुदूर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । एपिएफ ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रह्यो । समूह बी मा प्रदेश एक ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । मधेश ३ खेलमा २ मा जित र एक मा हासहित दोस्रो स्थानमा रह्यो ।

पहिलो सेमिफाइनल खेलमा सुदूर र मधेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनल खेल प्रदेश एक र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.