default_image

3 years ago

January 22, 2023

‘विश्वकपमा पुर्याउने धेरै ठूलो जिम्मेवारी छ’– गुलशन झा

363 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झाले सिनियर खेलाडी भएको हुँदा यू-१९ टोलीलाई विश्वकपमा पुर्याउने धेरै ठूलो जिम्मेवारी भएको बताएका छन् ।

टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा ब्यस्त रहेका गुलशनले उक्त प्रतिक्रिया दिएका हुन् । ‘यु-१९ को तयारी एकदमै राम्रो भएको छ । सबै खेलाडीहरु कडा मिहिनेत गरि रहेका छन् । ब्याटिङ, बलिङ र फिटनेश सबैमा सुधार पनि भएको छ । टिम एकदमै सन्तुलित छ’, गुलशनले भने ।

‘एउटा सिनियर खेलाडीको रुपमा य–ू१९ लाई विश्वकपमा पुर्याउने धेरै ठूलो जिम्मेवारी छ । आफ्नो राम्रो गरेर टिमलाई त्यहाँ सम्म पुर्याउ’, उनले भने । गुलशनले नेपालबाट ९ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । गुलशनले तीव्रगतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

नेपालले हालसम्म ७ पटक यू१९ विश्वकप खेलेको छ । ठूला टेस्ट टोलीलाई स्तब्ध पार्न सफल नेपालले २००६ को यू-१९ विश्वकपमा प्लेट फाइनल जितेको थियो । नेपालले उक्त विश्वकपको प्लेट फाइनलमा न्युजिल्यान्डलाई एक विकेटले हराउँदै उक्त उपाधि जितेको थियो । तर २०१६ पछि भने नेपालले यू१९ विश्वकप खेल्न सकेको छैन ।

गुलशनले गतवर्ष देव खनालको कप्तानीमा यू-१९ एसिया कप खेलेका थिए । यस पटक देव र गुलशन यू-१९ टोलीमा भएका सिनियर टोलीबाट खेलि सकेका अनुभवी खेलाडी समेत हुन् ।

‘हामी आफ्नो दुई सय प्रतिशत दिने हो । अव त्यहाँ गएर खेल जित्ने हो । यो स्तरमा सबै बराबर हुन्छ । कोही सानो र ठूलो हुँदैन । जसले बढी मिहिनेत लगायो त्यसैले जित्ने हो’, उनले भने । गतवर्ष भने कोरोना महामारीको कारण यू१९ विश्वकप एसिया क्षेत्र छनोट नहुँदा नेपालले खेल्न पाएन । युएई सिधैं छनोट भएको थियो ।

‘गतवर्ष यू-१९ छनोट नहुँदा नराम्रो लागेको थियो । गतवर्ष जे भयो भयो । अव आउनेमा केन्द्रित हौं । सिनियर खेलाडीहरुले केहि गल्ती भएमा सुधार गर्नुपर्ने हुन्छ । विश्वकप खेल्नेमा दुई सय प्रतिशत आत्माविश्वास छ’, गुलशनले भने ।

प्रतियोगिता फेब्रुअरी अन्तिममा युएईमा हुनेछ । प्रतियोगितामा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

‘विश्वकप खेल्ने ठूलो सपना छ’– देव खनाल

‘नेपालले श्रीलंकमा हुने विश्वकप खेल्नेमा विश्वास छ’– टमाटा

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.