default_image

1 year ago

February 24, 2023

सिंगापुरविरुद्ध नेपाली युवा टोलीको राम्रो प्रदर्शन

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा सिंगापुरविरुद्ध राम्रो ब्याटिङ प्रदर्शन गरेको छ । युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालले ३३ ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको छ ।

डेब्यू खेल खेलेका ओपनर आकाश त्रिपाठी ९७ बलमा ६ चौका र १ छक्कासहित ७३ रनमा अविजित छन् । कप्तान देव खनाल २० बलमा १ चौकासहित १३ रनमा खेलेका छन् ।

युवा ओपनर अर्जुन कुमाल ६७ बलमा ३ चौकासहित ३७ रनमा बोल्ड आउट भए । दोस्रो विकेटका लागि अर्जुन र आकाशले ९३ रनको साझेदारी गरेका थिए । अर्जुन महियु भाटियाको बलमा बोल्ड आउट हुन पुगे । ओपनर दीपक बोहरा ५ रनमा आउट भएपनि अर्जुन र आकाशले राम्रो साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

नेपालले आजको खेलमा नेपाली यू-१९ टोलीमा ७ खेलाडीलाई डेब्यू दिएको छ । दीपक बोहरा, आकाश त्रिपाठी, सुवास भण्डारी, हेमन्त धामी, दीपक डुम्रे, दीपक बोहरा र मिलन बोहराले पहिलो पटक नेपाली यू-१९ टोलीबाट खेलेका छन् । नेपालले पहिलो खेलमा आकाश चन्द, दीपेश कँडेल र उत्तम थापामगरलाई बेन्चमा राखेको छ ।

उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.