default_image

1 year ago

March 11, 2023

सोमपालले विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले विदेशी टि२० लिग क्रिकेट खेल्ने भएका छन् । सोमपालले क्यानडा क्रिकेट बोर्डले आयोजना गर्ने फ्लावर सिटी टि२० प्रिमियर लिग ट्रफी खेल्ने भएका छन् । क्यानडा क्रिकेट बोर्डले सोमपालले ओटावा फाल्कोन्सबाट उक्त प्रतियोगिता खेल्ने जनाएको छ । सोमपाल रहेको टोलीमा चाडविक वाल्टन आइकोन खेलाडी छन् । […]

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले विदेशी टि२० लिग क्रिकेट खेल्ने भएका छन् । सोमपालले क्यानडा क्रिकेट बोर्डले आयोजना गर्ने फ्लावर सिटी टि२० प्रिमियर लिग ट्रफी खेल्ने भएका छन् ।

क्यानडा क्रिकेट बोर्डले सोमपालले ओटावा फाल्कोन्सबाट उक्त प्रतियोगिता खेल्ने जनाएको छ । सोमपाल रहेको टोलीमा चाडविक वाल्टन आइकोन खेलाडी छन् । सोमपाल र चाडविकले केहि महिना अघि नेपाल टि२० लिग जनकपुर रोयल्सबाटसँगै खेलेका थिए ।

प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आगमी जुन ९ देखि १९ सम्म चल्नेछ । सोमपालले खेल्ने यो तेस्रो विदेशी लिग हुनेछ । सोमपालले क्यानडामा नै २०१९ मा भएको ग्लोबल टि ट्वान्टी विनिपेग हक्सबाट खेल्दै च्याम्पियन बनेका थिए ।
२०२० को टि टेन लिग सोमपालले मराठा अरेबियन्सबाट खेलेका थिए । टि२० मा सोमपालले ६ खेल खेलेका थिए । ग्लोबल टि२० लिगमा भने एक खेल मात्रै खेल्ने अवसर पाएका थिए ।

सोमपाल नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । सोमपालले नेपालबाट ४१ ओडिआई खेलमा ५८ विकेट र ४२ टि२० आई खेलमा ३८ विकेट लिएका छन् । सोमपाल तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । सोमपाल नेपालबाट ओडिआईमा पाँच विकेट लिने पहिलो खेलाडी समेत हुन् ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.