default_image

1 year ago

March 16, 2023

मार्च १६ नेपालले इतिहास रचेको दिन

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आजकै दिन ९ वर्षअघि बंगलादेशमा सम्पन्न आइसिसी टि२० विश्वकपमा हङकङसँग खेल्दै डेब्यू गरेको थियो । २०१४ मार्च १६ मा नेपालले विश्वकपमा डेब्यू गर्दै सानदार प्रदर्शन गरेको थियो।

पहिलो चरणको समूह ए मा रहेको नेपालले जहुर अहमेद चौधरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । नेपालका ज्ञानेन्द्र मल्ल ४८ र पारस खड्काले ४१ रन बनाएका थिए ।

जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हङकङ १७ ओभरमा ६९ रनमा अल आउट भएको थियो । नेपालका बसन्त रेग्मी र शक्ति गौचनले तीन तीन विकेट लिएका थिए । सोमपाल कामीले दुई, पारस खड्का र जितेन्द्र मुखियाले एक एक विकेट लिएका थिए ।

नेपाल दोस्रो खेलमा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएको थियो । नेट रनरेटको कारण बंगलादेश शीर्ष स्थानम रहँदै सुपर १० मा स्थान बनाएको थियो । त्यसपछि भने नेपालले टि२० विश्वकप खेल्न सकेको छैन ।


ग्लोबल छनोट र एसिया क्षेत्र छनोटबाट बाहिरिदै आएको छ । मार्च १६ नेपाली क्रिकेटको लागि ऐतिहासिक दिन हो । इतिहास रचेको दिनमा नेपालले आज अर्को महत्वपूर्ण खेल खेल्दैछ । आज पनि नेपालले नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु मैदानमा सुरु हुनेछ। घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ।

यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ ।

सोझै विश्वकप छनोटको अवसर गुमाएमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ । नेपाल घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै सानदार जित हात पार्ने सोचमा हुनेछ ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.