default_image

1 year ago

March 16, 2023

पोलार्डको उत्कृष्ट ब्याटिङमा मुल्तान फाइनलमा

91 views

0 Bookmark

एजेन्सी – काइरन पोलार्डको उत्कृष्ट ब्याटिङमा मुल्तान सुल्तानले पाकिस्तान सुपर लिग (पिएसएल) को पहिलो क्वालिफायर खेलमा लाहोर कलन्दर्सलाई ८४ रनले हराउँदै फाइनलमा पुगेको छ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको लाहोर १४.३ ओभरमा ७६ रनमा अल आउट भयो । लाहोरका साम बिलिंग्सले २७ बलमा १ चौकासहित सर्वाधिक १९ रन बनाए । फखार जमान ६ र सिकन्दर राजा १ रनमा आउट भए ।

मुल्तानका शेल्डन कटरेलले ३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अनवार अली, अब्बास अफ्रिदी, र काइरन पोलार्डले एक एक विकेट लिए । उस्मा मिरले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि गद्दाफी स्टेडियम लाहोरमा टस जितेर पहिला ब्याटिङ रोजेको मुल्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । मुल्तानका काइरन पोलार्डले ३४ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५७ रन बनाए । मोहम्मद रिजवान ३३, राइली रोसोउ १३, उस्मान खान २९ र टिम डेविडले २२ रन बनाए ।

लाहोरका हरिस रौफले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । आज एलिमिनेटर खेलमा इस्लामबाद युनाइटेड र पेशावार जाल्मीबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले फाइनलमा स्थान बनाउन लाहोरसँग शुक्रबार खेल्नेछ । फाइनल आइतबार हुनेछ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.