2 years ago
May 23, 2023
एजेन्सी – आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटमा दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज र नेपाल एकै समूहमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप छनोटको समूह विभाजन गरेको छ । नेपाल र वेस्टइन्डिज समूह ए मा छन् ।
समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म जिम्बावेमा हुनेछ ।
नेपालले पहिलो खेल जिम्बावेसँग १८ जुनमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल २० जुनमा अमेरिकासँग खेल्नेछ । नेपालले नेपालले वेस्टइन्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछन् ।
सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।
यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअप खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले भने प्रतियोगिताको लागि २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल एक सातापछि अन्तिम टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ । दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ ।
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]