default_image

11 months ago

May 23, 2023

गुजरातलाई हराउँदै चेन्नई फाइनलमा

एजेन्सी – महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानीमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । चार पटकको च्याम्पियन चेन्नईले १० औं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा […]

119 views

0 Bookmark

एजेन्सी – महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानीमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो क्वालिफायर खेलमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

चार पटकको च्याम्पियन चेन्नईले १० औं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १ सय ५७ रनमा अल आउट भयो ।

गुजरातका शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । अन्य कुनैपनि गुजरातका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । तीव्र गतिका बलर दीपक चाहरको तेस्रो ओभरको अन्तिम बलमा ऋद्धिमान शाह डिप स्क्वायर लेगमा मथिशा पथिरानाबाट १२ रनमा क्याच आउट भए । स्पिनर महेश थिक्सेनाले कप्तान हार्दिक पान्ड्यालाई ८ रनमा रविन्द्र जडेजाबाट प्वाइन्टमा क्याच गराउँदै चेन्नईलाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

रविन्द्र जडेजाको ११ औं ओभरको तेस्रो बलमा दासुन शनका स्वीप खेल्ने धुनमा थर्डमा थिक्सेनाबाट १७ रनमा उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । शानकाले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातका ब्याटर रन बनाउन संघर्ष गरे । रविन्द्र जडेजाको बलमा मिस हुँदै डेविड मिलर ४ रनमा पेभेलिएन फर्केपछि गुजरात १२.५ ओभरमा ८८(४ को अवस्थामा पुगेको थियो ।

लगत्तै अर्को ओभरको पहिलो बलमा दीपक चाहरले शुभमन गिललाई क्याच आउट गराएपछि चेन्नईको जितको सम्भावना बढेको थियो । यसअघिको दुई खेलमा लगातार दुई शतक हानेका गिल पुल खेल्ने धुनमा डीप स्क्वायर लेगमा कन्वेबाट क्याच आउट भएपछि गुजरात समस्यामा परेको थियो । थिक्सेनाले राहुल टेवाटियालाई ३ रनमा बोल्ड गर्दै जिततर्फ अघि बढाएका थिए ।

एक समय गुजरात ९८-६ को दयनीय अवस्थामा पुगेको गुजरातलाई राशिद खानले जितको आशा जगाएका थिए । सातौं विकेटका लागि राशिद खान र विजय शंकरले १८ बलमा ३८ रनको साझेदारी गरेका थिए ।

पाथिरानाले विजय शंकरलाई १४ रनमा क्याच आउट गराए । १८ औं ओभरको तेस्रो बलमा विजय शंकर आउट हुँदा चौथो बलमा दर्शन नालकंडे रन आउट भएका थिए । देशपान्डेको १९ औं ओभरको तेस्रो बलमा राशिद खान आउट भएसँगै जितको सम्भावना समाप्त भएको थियो । राशिद खान १६ बलमा ३ चौका र २ छक्कासहित ३० रनमा आउट भए ।

चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । दीपक चाहरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । महेश थिक्सेनाले ४ ओभरमा २८ रन खचेर २ विकेट लिए । तुषार देशपान्डेले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । युवा तीव्र गतिका बलर मथिशा पाथिरानाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । चेन्नईले राम्रो सुरुवात गरेपनि मध्यक्रममा चौका र छक्का प्रहार गर्न संघर्ष गरेपछि विशाल योगफल बनाउनबाट चुकेको थियो ।

चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले जीवनदानको फाइदा उठाउँदै ४४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए । ऋतुराज गायकवाडले ब्यक्तिगत दुई रनमै सुरुवातमै जीवनदान पाएका थिए ।

सुरुवातमै तीव्र गतिका बलर दर्शन नालकंडेको बलमा क्याच आउट भएपनि नो बलको कारण जीवनदान दिएका थिए । ब्याटरका लागि कठिन मानिने चेन्नईको पिचमा गायकवाडको जीवनदान ठूलो भारी पर्यो ।

पहिलो विकेटका लागि ऋतुराज र डेभन कन्वेले १०.३ ओभरमा ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर मोहित शर्माको बलमा टप एज लागेर ऋतुराज डेविड मिलरबाट क्याच आउट भए । नूर अहमदको बलमा शिवम दुबे १ रनमा बोल्ड आउट भएपछि चेन्नई खुलेर खेल्न सकेको थिएन ।

अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी एक रनमै क्याच आउट भए । रविन्द्र जडेजा १६ बलमा २ चौकासहित २२ रनमा शामीको बलमा बोल्ड भए । मोईन अली ४ बलमा १ छक्कासहित ९ रनमा नटआउट रहे । डेभन कन्वेले ३४ बलमा ४ चौकासहित ४० रन बनाए ।

गुजरातका मोहित शर्माले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । नुर अहमद, राशिद खान र दर्शन नालकंडेले समान एक विकेट लिए ।

बुधबार एलिमनिटेर खेलमा मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा गुजरातसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । आइपिएलको फाइनल आइतबार अहमदाबादमा हुनेछ ।

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

April 28, 2024

ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित

एजेन्सी – विल ज्याक्सको विष्फोटक शतकीय इनिङको मद्दतमा इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले सानदार जित दर्ता गरेको छ । आरसिबिले गुजरात टाईटन्स माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो । गुजरातले दिएको २०१ रनको विशाल लक्ष्य आरसिबिले १६ ओभरमै १ विकेट मात्र गुमाएर भेटायो । आरसिबिका […]

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो । पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट […]

Success

Thank you for your time.