default_image

1 year ago

July 5, 2023

विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्ने पाँच नेपाली खेलाडी

325 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा आठौं स्थानमा रहेर बाहिरिन पुग्यो । नेपालले कुल ६ खेलमा ४ मा हार र २ मा जितका साथ आठौं स्थानमा अन्त्य गर्यो ।

नेपाल विश्वकप छनोट खेल्न जानुअघि सुपर सिक्समा पुग्ने अनुमान गरिएको थियो । तर नेपाल जिम्बावेसँग ८ विकेट, नेदरल्यान्ड्ससँग ७ विकेट र वेस्टइन्डिजसँग १ सय १ रनले पराजित हुँदै समूह ए बाटै बाहिरिएको थियो ।

नेपालले समूह चरणमा एक मात्रै खेल अमेरिकामाथि ६ विकेटको जित हात पारेको थियो । विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन औसत रह्यो । समग्र विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्ने पाँच नेपाली खेलाडी यस प्रकार छन् ।

५. ललितनारायण राजवंशी – स्पिनर

स्पिनर ललित नारायण राजवंशीले प्रतियोगितामा ३ खेलमा २४ ओभर बलिङ गर्दै १ सय ६ रन खर्चेर ४ विकेट लिए । उनले विकेट भन्दा पनि पुरै खेलमा आफ्नो राम्रो प्रभाव छाड्न सफल भए । पहिलो खेलमा जिम्बावेविरुद्ध ललित बेन्चमा थिए ।

सोमपाल घाइते भएपछि नेपालले ललितलाई मौका दिएको थियो । ललितले अमेरिकाविरुद्ध १० ओभरमा २० रन खर्चेर १ विकेट लिएका थिए ।

उक्त खेलमा नेपालबाट सबैभन्दा उत्कृष्ट इकोनमीमा बलिङ गर्ने बलर थिए । उनले अमेरिको इनिङ बचाएका सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड गरेका थिए । दोस्रो खेलमा वेस्टइन्डिजविरुद्ध उनले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिएका थिए । उक्त खेलमा ललितले शाई होप, रोभम्यान पावेल र किमो पलको विकेट लिएका थिए । नेदरल्यान्ड्सविरुद्ध भने उनले ४ ओभरमा ३४ रन खर्चिन पुगे । समग्रमा उनले प्रदर्शन भने प्रभावशाली थियो ।

४. दीपेन्द्रसिंह ऐरी – अलराउन्डर

एक महिना अघि खराब प्रदर्शनको कारण प्रिमियर कपको फाइनलमा युएईविरुद्ध बेन्चमा बसेका दीपेन्द्रले जिम्बावेबाट भने राम्रो पूनरागमन गरे । दीपेन्द्रले ६ खेलमा १ सय ६१ रन बनाउनुको साथै ४ विकेट लिए ।

दीपेन्द्रले प्रतियोगिता भर १ सय ७० बल खेल्दा १४ चौका र ४ छक्का हानेका थिए । अमेरिकालाई ६ विकेटले हराउन दीपेन्द्रले उत्कृष्ट अन्त्य गर्दै ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा नट आउट थिए । बलिङमा उनले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिएका थिए । १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल युएईविरुद्ध ६३-६ को अवस्थाबाट ७९ रनको अविजित इनिङ खेलेका थिए ।

३. कुशल भुर्तेल – ब्याटर

विश्वकप छनोटमा कुशल नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बने । उनले ६ खेलमा २ सय ७५ बल खेल्दै २६ चौका र ३ छक्कासहित कुल २ सय १३ रन बनाएका थिए । पहिलो खेलमै कुशल भुर्तेलले जिम्बावेविरुद्ध ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनको एक यादगार इनिङ खेलेका थिए ।

पहिलो विकेटका लागि उनले आसिफ शेखसँग मिलेर १ सय ७१ रनको शतकीय साझेदारी गरेका थिए । कुशल स्पिनर वेंलिग्टन मसाकाड्जाबाट बोल्ड आउट भएपछि नेपालबाट टेस्ट टोलीविरुद्ध शतक हान्ने कीर्तिमान बनाउन चुकेका थिए । कुशलले अमेरिकाविरुद्ध ३९, वेस्टइन्डिजसँग ५, नेदरल्यान्ड्ससँग २७, युएई ३५ र आयरल्यान्डसँग ८ रनमा आउट भएका थिए ।

भुर्तेलले फिल्डिङमा पनि राम्रो प्रदर्शन गरे । उनले वेस्टइन्डिजका ओपनर कायल मेयर्सको लामो दौडका साथ लिएको क्याचले आइसिसीको साताकै उत्कृष्ट अवार्ड जितेको थियो ।

२. करण केसी – बलर

नेपालका तीव्र गतिका बलर करण केसीले ६ खेलमा १२ विकेट लिँदै उच्च प्रदर्शन गरे । सबै खेलमा पावर प्लेमा उनले नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

जिम्बावेविरुद्ध ४ ओभरमा २६ रन खर्चेका करणले त्यसपछि राम्रो प्रदर्शन गरे । उनले अमेरिकाविरुद्ध पावर प्लेमा चार विकेट लिँदै नेपालको जित सहज बनाएका थिए । करणले युएईविरुद्ध तीन र आयरल्यान्डविरुद्ध चार विकेट लिएका थिए । सबै खेलमा नेपालको पहिलो तीव्र गतिको बलरको रुपमा खेलेका करणको प्रदर्शन समग्रमा राम्रो रह्यो ।

यो पनिः बुमराहको भन्दा करणको उत्कृष्ट बलिङ सुरुवात

१. गुलशन झा – अलराउन्डर

नेपालका गुलशन झाले विश्वकप छनोटमा अलराउन्ड प्रदर्शन गरे । गुलशनले ६ खेलमा १ सय ३९ रन बनाउनुको साथै ८ विकेट लिएका थिए । गुलशनले जिम्बावेसँग १ र अमेरिकासँग ३ विकेट लिएका थिए ।

गुलशनले वेस्टइन्डिजविरुद्ध ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रन बनाएका थिए । आयरल्यान्डविरुद्ध ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रन जोडेका थिए । गुलशनले तल्लोक्रममा खुलेर खेलेका थिए । विशेषगरी तल्लोक्रममा टेस्ट टोलीविरुद्ध उनको प्रदर्शन राम्रो थियो । तीव्र गतिको बलिङमा राम्रो प्रभाव छाड्न सफल भए ।

गुलशन झाको पूरा क्रिकेट जीवनी : गुलशनको अविश्वसनिय राष्ट्रिय टोलीको यात्रा

गुलशन बने ओडिआई खेल्ने कान्छा एसोसिएट खेलाडी

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.