default_image

6 months ago

June 16, 2025

नेपाली टिममा किरण र रुपेशको डेब्यु

1212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यु गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तर्गत आज आफ्नो पहिलो खेल खेल्दैछ । उक्त खेलमा किरण र रुपेशले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न लागेका हुन् ।

मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने किरणले घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेश र नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले करण केसीको हातबाट नेपालका लागि ५० औं टि२०आई क्याप प्राप्त गरे ।

किरणको पूरा क्रिकेट जीवनी जान्न यो पढ्नुहोस् : घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

रुपेशले मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । बलिङ अलराउन्डर उनले एनपिएलमा भने चोटका कारण जनकपुर बोल्ट्स बिचमै छाडेका थिए । रुपेशले नेपालका लागि ५१ औं क्याप प्राप्त गरेका हुन् ।

नेपालको सयौं टि२० अन्तर्राष्ट्रिय खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्नेछ ।

नेपालको सयौं टि२० अन्तर्राष्ट्रिय खेलमा कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्नेछ ।

सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ ।

नेपालका लागि आज प्लेइङ-११ मा रुपेश सिंह र किरण ठगुन्नाले डेब्यु गरेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.