7 years ago
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको ६ खेलको समान ३–३ एकदिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट ‘टुर स्वीप’ जितेर ऐतिहासिक उपलब्धि हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (सोमबार) स्वदेश फर्कदैछ ।

नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक तथा टेक्निल एनलिष्ट रमन शिवाकोटीका अनुसार नेपाली टोली सोमबार फ्लाई दुबई विमानबाट अपरान्ह ३ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।
घरेलु टोली युएईविरुद्धको तीन खेलको ओडीआई र तीन खेलकै टी–२० आई समान २–१ ले जितेको थियो । नेपालले दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै ऐतिहासिक उपलब्धि हात पारेको थियो ।
टुर स्वीप गर्दाका महत्वपुर्ण सदस्य लेग स्पिनर सन्दीप लामिछाने भने बिग बास लिगका लागि आजै अष्ट्रेलिया प्रस्थान गर्ने व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए । उनले बिग बासमा मेलवर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बास दौरान नै सन्दी बंगलादेश प्रिमियर लिगका लागि बंगलादेश आएका थिए ।
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]