default_image

5 years ago

May 25, 2019

विश्वकप अघि भारतलाई झट्का !

33 views

0 Bookmark

एजेन्सी – विश्वकप सुरुहुन मात्र ५ दिन रहेको अवस्थामा भारतीय टोलीका अलराउण्डर विजय शंकर घाईते भएका छन् ।

शुक्रबार नेटमा अभ्यास गर्ने क्रममा दाया हातमा चोट लागेको छ । यद्यपी भारतीय क्रिकेट बोर्ड बीसीआईले भने यस बारे कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार अभ्यास क्रममा खलील अहमिदको बाउन्सर बलले लागेपछि उनि नेट्स छोडेर बाहिर गएका थिए ।

भारतले पहिलो वार्मअप खेल आज न्युजिल्यान्डसँग खेल्दै छ । तर शंकर चोटका कारण खेल्ने नखेल्ने अनिश्चित छ । भारतीय मिडियाका अनुसार चोट गम्भिर भएको खण्डमा उनको स्थान ऋषभ पन्त वा आम्बाती रायुडु मध्य एकले मौका पाउने छन् । भारतले विश्वकपमा ५ जुनमा दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्ने छ ।

May 16, 2024

एपिएफ लिग चरणका सबै खेलमा विजयी 

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा नेपाल एपिएफ क्लबले राउण्ड रोबिन चरणको सबै खेलमा जित दर्ता गरेको छ । लगातार तीन जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको एपिएफले बिहीबार चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ११२ रनको लक्ष्य एपिएफले दुई बल बाँकी छँदै पुरा […]

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

Success

Thank you for your time.