5 years ago
February 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणलाई बिहिबार ३२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलायो । छनोट समितिले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा गण्डकी प्रदेशका १५ वर्षिय युवा ब्याट्सम्यान अर्जुन कुमाल पनि अटाएका छन् ।

पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका अर्जुन हाल दिल्लीमा छन् । अर्जुन बन्द प्रशिक्षणमा बोलाइएका सबैभन्दा कान्छा खेलाडी हुन् । पहिलो राष्ट्रिय प्रतियोगिताका रुपमा गण्डकी प्रदेशबाट प्रधानमन्त्री कप खेल्दै ४ खेलमा १ सय १७ रन बनाएपछि उनी छनोटकर्ताको नजरमा पर्न सफल रहे ।
अर्जुनले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा यति चाँडै पर्छु भन्ने कल्पना पनि गरेका थिएनन् । उनको लक्ष्य प्रधानमन्त्री कपमा राम्रो प्रर्दशन गर्न सके यू१९ मा पर्छु भन्ने थियो । तर विहिबार उनले नसोचेको खबर पाए । त्यो खबरले खुसी भएका उनी तुरुन्त नेपाल फर्किने तयारीमा लागे । उनी दिल्ली पुगेको दुई साता पनि भएको छैन । तर शुक्रबार नयाँ उत्साह, खुसी र सपनाका साथ नेपाल फर्कंदै छन् ।
‘पहिलो पटक म राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्दा धेरै भन्दा धेरै खुसी छु । म मात्र होईन मेरो बाबा र मम्मी पनि धेरै खुसी हुनुहुन्छ’, अर्जुनले बिहिबार साँझ बन्द प्रशिक्षणमा परेपछि हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिएपछि अर्जुन एक साता अघि मात्र दिल्ली फर्किएका थिए । नेपालमा तत्काल कुनै खेल थिएन । अर्जुन खेल हुँदा मात्र नेपाल आउँछन् । खेल नहुँदा बुबा मम्मीका साथ दिल्लीमै बस्ने र सिक्ने गर्दछन् । तर बिहिबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेपछि अर्जुन मम्मी (आमा) विष्णु साथ शुक्रबारनै नेपाल फर्किएका छन् ।
‘राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पर्छु भन्ने लागेको थिएन । यू१९ मा भने पुर्छ जस्तो लागेको थियो’, अर्जुनले खुसी हुँदै भने, ‘अब प्रशिक्षणमा झन धेरै मिहिनेत गर्ने छु । प्रशिक्षणमा जे जति मौका पाउँछु त्यसमा राम्रो प्रर्दशन गर्न खोज्नेछु । धेरै कुरा सिक्न पाइनेमा उत्साहित छु ।’
‘मम्मी र पापा पनि धेरै खुसी हुन्छ । म शुक्रबार नै मम्मीका साथ नेपाल फर्किन लागेको छु’, उनले भने ।
दुई वर्ष अघि १३ वर्षको उमेरमा नेपालमा यू१६ क्रिकेट लिग खेल्न आएका अर्जुनले त्यसपछि भने एकपछि अर्को उत्कृष्ट प्रर्दशन गर्दै नेपाली क्रिकेटलाई ठूला आशा दिलाएका छन् । क्लासिकल ब्याटिङ शैलीका धनि अर्जुनले २०१९ मा थाईल्यान्डमा नेपालबाट यू१६ खेलेका थिए । त्यसपछि प्रधानमन्त्री कपअघि गण्डकी प्रदेश छनोटमा सर्वोत्कृष्ट ब्याट्सम्यान चुनिएपछि पहिलो राष्ट्रिय प्रतियोगिताको बाटो सहज बनेको थियो ।
पहिलो प्रधानमन्त्री कपमै आफ्नो ब्याटिङको जादु देखाएपछि उनलाई राष्ट्रिय टोलीमा बोलाइएको हो । छोटो समयमा उनले जुन सम्भावना देखाएका छन् त्यसले भने उनलाई नेपाली क्रिकेटको भविष्य र ओपनिङ समस्याको दीर्घकालिन समाधान मानिएको छ ।
यो पनि पढ्नुहोस :
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]