4 years ago
September 6, 2021
एजेन्सी – आगमी अक्टोबर नोभेम्बरमा संयुक्त अरव इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा ओपनर फखर जमान, अनुभवी ब्याट्सम्यान शोएब मलिक, युवा ब्यास्ट्सम्यान हैदर अली र तीव्र गतिका बलर वहाब रियाज लगायतका खेलाडीहरु अन्तिम अटाएका छैनन् ।

पाकिस्तानको घोषणा टोलीमा युवा आक्रामक ब्याट्सम्यान आजम खान र मोहम्मद वासिमले स्थान बनाएका छन् । खुशदील शाहले ९, आजम खानले ३ र मोहम्मद वासिमले ४ मात्र टि२० आई खेल खेलेका छन् । मध्यक्रममा आसिफ अली, मोहम्मद हफिज र सोहिब मकसदु रहने भएका छन् । मध्यक्रम पाकिस्तानको कमजोरीको रुपमा रहँदै आएको छ । पाकिस्तान विश्वकपको सुपर १२ को समूह बी मा छ । समूह बी मा पाकिस्तानसँगै भारत, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् ।
पाकिस्तानले पहिलो खेलमा अक्टोबर २४ मा भारतसँग खेल्ने छ । विश्वकप इतिहासमा पाकिस्तानले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । पाकिस्तानले दोस्रो खेल न्युजिल्यान्डसँग २६ अक्टोबरमा खेल्ने छ । २९ अक्टोबरमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ । नोभेम्बर २ मा पाकिस्तानले समूह ए को उपविजेतासँग खेल्ने छ । नोभेम्बर ७ मा समूह बीको विजेतासँग पाकिस्तानले प्रतिस्पर्धा गर्ने छ । शीर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउने छ । सेमिफाइनलमा स्थान बनाउन भारत र न्युजिल्यान्ड मध्य एकलाई पछि पार्नुपर्ने हुन्छ ।

२००९ मा श्रीलंका खेलाडी चडेको बस आक्रमणपछि पाकिस्तानले यूएईलाई घरेलु मैदान बनाउँदै आएको छ । जसले गर्दा पाकिस्तानलाई विश्वकपमा फाइदा पुग्ने देखिन्छ । पहिलो चरण (फस्ट राउन्ड) को समूह ए मा श्रीलंका, आरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् । समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर १२ मा स्थान बनाउने छन् । सुपर १२ को ग्रुप ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिजसँगै समूह ए को विजेता र समूह बीको उप विजेता रहने छन् ।
पाकिस्तानको टि२० विश्वकप खेल्ने टोली :
बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, आजम खान, हरिस रौफ, हसन अली, ईमाद वासिम, खुशदील शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम, शाहिन शाह अफ्रिदी र सोहिब मकसुद ।
भ्रमण वैकल्पिक खेलाडी : फखर जमान, उस्मान कादिर र शाहनवाज दहानी ।
यो पनि : टि२० विश्वकप खेल तालिका नेपाली समयमा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]