4 years ago
September 10, 2021
यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको संयमित ब्याटिङ र अलराउन्डर करण केसीको आक्रामक इनिङको सहयोगमा नेपालले पपुवा न्युगिनीलाई दोस्रो ओडिआई खेलमा २ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ ।

अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा २ सय ३३ रनमा अल आउट भयो । नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । करण केसीले तल्लोक्रममा २६ बलमा २ चौका र ४ छक्का सहित ४२ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । सातौं विकेटका लागि रोहित र करणले ६६ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
रोहितले ७९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका थिए । यसअघि पिएनजीविरुद्ध पहिलो खेलमा नेपाललाई संघर्षपूर्ण दुई विकेटको जित दिलाउन रोहितले सर्वाधिक महत्वपूर्ण ४१ रनको इनिङ खेलेका थिए । शुक्रबारको खेलमा मिडअनमा टोनी उराले क्याच ड्रप गरेपछि रोहितले ब्यक्तिगत ३७ रनमा जीवनदान पाएका थिए ।
तेस्रो ओभरको पहिलो बलमै ओपनर आसिफ शेख तीन रनमा क्याच आउट हुन पुगेका थिए । तीव्र गतिका बलर काबुआ मोरियाको बलमा आसिफ सेसे बाउबाट क्याच आउट भएका थिए । तीव्र गतिका बलर नर्मन भानुआको चौथो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर किप्लिङ डोरीयाबाट तीन रनमा क्याच आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो । कुशल आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा थियो ।
उक्त खराब सुरुवात गरेको नेपालका लागि रोहित र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ८९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । नेपाली ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गत वर्ष अमेरिकाविरुद्ध गरेको ८४ रन थियो ।
ज्ञानेन्द्र ७० बलमा ३ चौका र २ छक्का सहित ४५ रनमा एलबीडब्लू आउट भए । मध्य गतिका बलर चन्द सोपरले २५ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट गरेपछि ओडिआई करिअरको तेस्रो अर्धशतक बनाउन ज्ञानेन्द्र पाँच रनले चुकेका थिए । विनोद भण्डारी १७ रनमा रन आउट हुन पुगे । ३५ औं ओभरको दोस्रो बलमा नर्मन भानुआको डाइरेक्ट थ्रोमा विनोद दुर्भाग्य पूर्ण रन आउट भएका थिए ।
युवा ब्याट्सम्यान कुशल मल्ल एक रनमा क्याच आउट भए । लेगस्पिनर चाल्र्स अमिनिको गुगली बलमा ठूलो सट खेलेका कुशल एज लागेर फस्ट स्लिपमा सेसे बाउबाट क्याच आउट हुन पुगेका थिए । सोमपाल कामी ठूलो सर्ट खेल्ने धुनमा डिप मिडविकेटबाट सोपरबाट ११ रनमा क्याच आउट हुन पुगे ।
व्यक्तिगत १८ रनमा सेसे बाउले क्याच ड्रप गर्दा करणले जीवनदान पाएका थिए । रोहित र करण ४९ औं ओभरम लगातार आउट भएका थिए । करण तेस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा कप्तान असाद भालाबाट क्याच आउट भएका थिए । रोहित स्कुप सट खेल्नेक्रममा टोनी उराबाट समानिएपछि आफ्नो करिअरकै पहिलो शतक बनाउन चुकेका थिए ।
नेपालले अन्तिम एक रन जोड्दा चार विकेट गुमाएको थियो । एक समय नेपाल ४८.२ ओभरमा २३२–६ को अवस्थामा थियो । तर थप एक रन जोड्न चार विकेट गुमाउँदै अल आउट भयो ।
पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए । चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]