default_image

4 years ago

September 15, 2021

ओमानविरुद्ध बनेका नेपालका चार कीर्तिमान

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा मंगलबार राती ओमानसँग ५ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रनको विष्फोटक शतकीय इनिङ खेल्दै सहज जित दिलाएका थिए । जतिन्दरका सामू नेपाली बलर निरिह साबित बने । मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफ शेखले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । ओमानसँगको हारमा नेपाल र खेलाडीको नाममा केहि खराब कीर्तिमान बनेका छन् । तीव्र गतिका बलर सोमपाल कामीले आफ्नै कीर्तिमान तोड्दै झन् खराब कीर्तिमान बनाएका छन् । ओमान नेपालले बनाएका चार कीर्तिमानहरु यस प्रकार छन् ।

४. नेपालविरुद्ध सर्वाधिक छिटो शतक

जतिन्दर नेपालविरुद्ध ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी हुन् । समग्रमा आडिआईमा नेपालविरुद्ध शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् । मंगलबार राती ओमानलाई सहज जित दिलाउन जतिन्दरले ६० बलमा शतक प्रहार गरेका थिए । यसअघि गतवर्ष ओमानकै अकिब इलायसले नेपालविरुद्ध १ सय २ बलमा शतक प्रहार गरेका थिए । अकिब नेपालविरुद्ध ओडिआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । सोमबार १ सय १३ बलमा अमेरिका विकेटकिपर मोनांक पटेलले नेपालविरुद्ध शतक प्रहार गरेका थिए ।


३. सोमपालको नेपाली ओडिआईकै महँगो ओभर

सोमपाल कामीले पाँचौं ओभरमा ओमानविरुद्ध समान तीन चौका र छक्का सहित कुल ३० रन खर्चेका थिए । जुन नेपाली बलरले ओडिआईमा एकै ओभरमा खर्चेको उच्च रन हो । यसअघि २०१९ मा सोमपलले युएईविरुद्ध तेस्रो ओडिआई खेलमा अन्तिम ओभरमा दुई चौका र दुई छक्का सहित कुल २३ रन खर्चेका थिए । मंगलबार सोमपलले झन खराब कीर्तिमान बनाएका हुन् ।


२. ओपनरको रुपमा आसिफको सर्वाधिक रन

नेपाल पराजित भएपनि ओपनर आसिफ शेखले नेपालबाट ओडिआईमा ओपनरको रुपमा सर्वाधिक धेरै रन बनाउने कीर्तिमान बनाउन पुगेका थिए । यसअघि ओडिआईको एकै खेलमा सर्वाधिक धेरै रन सोमबार कुशल भुर्तेलले अमेरिकाविरुद्ध ८४ रन बनाएका थिए । एकै खेलमा नेपालबाट ओडिआईमा सर्वाधिक धेरै रन बनाउने कीर्तिमान पारसको नाममा छ । पारसले २०१९ मा यूएईविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १५ रन बनाएका थिए । ओडिआईमा एकै खेलमा सर्वाधिक धेरै रन बनाउने सूचिमा आसिफ दोस्रो स्थानमा रहँदा रोहित ८६ रनका साथ तेस्रो र कुशल भुर्तेल चौथो स्थानमा छन् ।


१.नेपालको सर्वाधिक खराब पावर प्ले


नेपालले ओमानसँग खेलमा पहिलो पावर प्ले अर्थात सुरुवाती १० ओभरमा १ विकेट लिँदै १ सय ८ रन खर्चेको थियो । यो नेपालले ओडिआईमा खर्चेको हालसम्मकै धेरै रन हो । यसअघि नेपालले २०१८ को एसिया कप छनोट अन्तर्गत युएईविरुद्ध पावर प्लेमा ६४ रन खर्चेको थियो । ओडिआई इतिहासमा एकै खेलमा सर्वाधिक धेरै रन पावर प्लेमा १ सय ३३ रन छ । जुन श्रीलंकाले २००५ मा इंग्ल्यान्डविरुद्ध पाँचौं खेलमा सुरुवाती १० ओभरमा कुनै विकेट नगुमाई १ सय ३३ रन बनाएको थियो ।

यो पनि पढ्नुहोस् : नेपालले ओमानसँग हार्नुका पाँच कारण

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.