4 years ago
September 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली घरेलु क्रिकेटका युवा स्टार अर्जुन कुमालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन् । पोखराले अर्जुनलाई ट्यालेन्ट हन्ट मार्फत टोलीमा राखेको जनाएको छ । अर्जुन नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा स्टार हुन् । १५ वर्षिय अर्जुन गत चैतमा नेपालको राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा समेत परेका थिए ।

अर्जुन पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । अर्जुनको उमेर कलिलो छ । तर मैदानमा उनले ब्याट चलाउने शैली परिपक्व खेलाडीको भन्दा कम छैन । उत्कृष्ट सट छनोट, धैर्यवान अनि जिम्मेवारी ब्याटिङले सबैलाई प्रभावित पार्दछ । गत माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा अर्जुनले गण्डकी प्रदेशबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले भरिभराउ आर्मीविरुद्ध ३६ रनको इनिङ खेल्दै यादगार डेब्यू गरेका थिए । त्यसपछि अर्जुनले प्रदेश एक विरुद्ध ३५ र कर्णालीविरुद्ध ४६ रनको इनिङ खेलेका थिए । उनले ओपनिङ गर्दै राम्रो प्रर्दशन गरे । अर्जुनले सन् २०१९ अप्रिलमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन यू१६ प्रतियोगिता खेलेका थिए । उक्त प्रतियोगितामा म्यानमारविरुद्ध १५ बलमा ४ चौका प्रहार सहित २६ रनमा अविजित रहेका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ४७ बलको सामना गरि १ चौका सहित १६ रन बनाएका थिए ।

त्यस्तै पोखरा मुख्य प्रशिक्षमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल रहने भएका छन् । पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, बिक्रम शोब, बिपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव र विपिन रावल लगाएतका खेलाडी छन् । विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी आउने पक्का भईसकेको छ । गतवर्ष क्रिस गेलको नाम सार्वजनिक गरेपनि टि२० विश्वकपको कारण उनी आउने छैनन् । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ । इपिएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
यो पनि पढ्नुहोस्ः कलिलो अर्जुनको ‘परिपक्व’ सिनियर डेब्यू
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]