default_image

3 years ago

September 29, 2021

ललितपुर र पोखराबीचको खेल ढिलो सुरु हुनसक्ने सम्भावना

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार हुने पहिलो खेल ललितपुर प्याट्रियटर्स र पोखरा राइनोजबीचको खेल ढिलो सुरु हुने सम्भावना छ । यसअघि सोमबार र मंगलबार वर्षा र भिजेको आउटफिल्डको कारण खेल हुन सकेको थिएन । बुधबार पोखरा र लतिपुरबीचको पहिलो खेल निर्धारित समय अनुसार ९ः ३० बजे सुरु हुनुपर्ने हो ।

तर भिजेको आउटफिल्डको कारण सुरु हुन सकेको छैन । टियुमा बिहानै देखि घाम लागेको हुँदा खेल ढिलो सुरु हुने सम्भावना छ । आउटफिल्ड सुकाउन मैदानका कर्माचारी निरन्तर खटि रहेका छन् । ललितपुरको टोलीले पेभिलिएनतर्फ बाउन्डी भित्र अभ्यास सुरु गरेको छ ।वर्षा नभएको खण्डमा खेल ढिलो सुरु हुने सम्भावना छ । ओभर घटाएर खेल हुने सम्भावना छ ।

आज दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्सबीचको खेल हुनेछ । वर्षा र भिजेको आउटफिल्डको कारण सोमबार र मंगलबारका खेल लगातार स्थगित भएपछि इपिएलले २४ घण्टा बित्न नपाउँदै दुई पटक खेल तालिका परिवर्तन गरेको थियो । इपिएलले सोमबार राती नयाँ तालिका सार्वजनिक गरेको थियो । तर मंगलबारको पनि खेल हुन नसकेपछि पुन नयाँ तालिका सार्वजनिक गरेको छ । सोमबार तालिका अनुसार चितवन टाइगर्सले लगातार चार खेल खेल्नुपर्ने थियो । इपिएलले एक पटक स्थगित भएका खेलहरु अब वर्षाको कारण पुनः स्थगित भएमा अंक बाँडिने जनाएको छ ।

बुधबार र बिहिबार पनि काठमाडौंमा वर्षाको सम्भावना छ । मंगलबार पोखरा र काठमाडौंबीचको खेल स्थगित भएको थियो । सोमबार पहिलो खेलमा काठमाडौं र विराटनगर तथा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल स्थगित भएको थियो । आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । भैरहवा र पोखराबीचको खेल दुबै टोलीले अंक बाँडेका थिए ।

यो पनि पढ्नुहोस् : इपिएलको खेल तालिका परिवर्तन

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 10, 2024

आयरल्यान्डसँग पाकिस्तान स्तब्ध

एजेन्सी – आयरल्यान्डमा आज देखि सुरु भएको तीन खेलको टि-२० शृंखलाको पहिलो खेलमा घरेलु टोलीले पाकिस्तानलाई स्तब्ध बनाएको छ । कोल्नटार्फ क्रिकेट क्लब डब्लिनमा शुक्रबार भएको खेलमा आयरल्यान्डले पाकिस्तानलाई‌ ५ विकेटले हराएको हो । पाकिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य आयरल्यान्डले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । १९औं ओभरमा सेट ब्याटर […]

May 10, 2024

आरसिबिको पञ्जाब विरुद्ध फराकिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो । […]

Success

Thank you for your time.