default_image

3 years ago

October 10, 2021

टि२० विश्वकपको पुरस्कार राशि घोषणा

53 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को सातादेखि सुरुहुने टि२० विश्वकप २०२१ को पुरस्कार राशि घोषणा गरेको छ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म संयुक्त अरव इमिरेट्स (युएई र ओमान) मा सुरु हुँदैछ ।

टि२० विश्वकप २०२१ को विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने भएको छ । उप विजेता टोलीले ८ लाख डलर प्राप्त गर्ने भएका छ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ४ लाख डलर प्राप्त गर्नेछन् । प्रतियोगिता समग्र पुरस्कार राशि ५.६ मिलियन डर रहनेछ ।

सुपर १२ का खेलमा हरेक जितमा बोसन बापत ४० हजार डलर प्राप्त गर्नेछन् । पहिलो चरणको कुल १२ खेलमा विजेताले समान ४० हजार डलर प्राप्त गर्नेछन् । सुपर १२ बाट बाहिरिने ८ टोलीले समान ७० हजार डलर प्राप्त गर्नेछन् । पहिलो चरणबाट बाहिरिने चार टोलीले समान ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पहिलो चरणबाट हरेक समूह शीर्ष दुई दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् । समूह ए र बी मा समान चार चार टोली छन् । सुपर १२ मा दुई समूहमा ६–६ टोली विभाजन गरिएको छ । सुपर १२ का खेलपछि समूह ए र बीबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।

टि२० विश्वकपमा समूह चरण :

पहिलो चरण :

समूह ए : नेदरल्यान्ड्स, आयरल्यान्ड, नामिबिया र श्रीलंका

समूह बी : ओमान, पिएनजी, बंगलादेश र स्टकल्यान्ड

सुपर १२ :

समूह ए : इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता ।

समूह बी : भारत, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता ।

यो पनि पढ्नुहोस् : टि२० विश्वकप खेल तालिका नेपाली समयमा

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 10, 2024

आयरल्यान्डसँग पाकिस्तान स्तब्ध

एजेन्सी – आयरल्यान्डमा आज देखि सुरु भएको तीन खेलको टि-२० शृंखलाको पहिलो खेलमा घरेलु टोलीले पाकिस्तानलाई स्तब्ध बनाएको छ । कोल्नटार्फ क्रिकेट क्लब डब्लिनमा शुक्रबार भएको खेलमा आयरल्यान्डले पाकिस्तानलाई‌ ५ विकेटले हराएको हो । पाकिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य आयरल्यान्डले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । १९औं ओभरमा सेट ब्याटर […]

May 10, 2024

आरसिबिको पञ्जाब विरुद्ध फराकिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो । […]

Success

Thank you for your time.