4 years ago
October 15, 2021
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीले टि२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । धोनी टि२० क्रिकेटमा ३ सय खेलमा कप्तानी गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा चेन्नई सुपर किंग्सका कप्तान धोनीले फाइनल खेलमा कोलकता नाइट राइडर्सविरुद्ध शुक्रबार ३ सय खेलमा कप्तानी गरि रहेका छन् ।

धोनीले भारतीय टिम, चेन्नई सुपर किंग्स, राइजिङ पुणे सुपरजायन्ट सहित कुल चार टिमबाट ३ सय खेलमा कप्तानी गरेका हुन् । धोनीपछि वेस्टइन्डिजका पूर्व कप्तान ड्यारेन स्यामीले २ सय ८ खेलमा कप्तानी गरेका छन् । स्यामीले कुल ११ टिमको कप्तानी गरेका छन् । यी दुई खेलाडी बाहेक अन्य कप्तानले २ सय खेलको आँकडा छुन सकेका छैनन् ।
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले १ सय ८५, पूर्व ओपनर गौतम गम्भीरले १ सय ७० र रोहित शर्माले १ सय ५३ खेलमा कप्तानी गरेका छन् । धोनीले चेन्नईको २००८ देखि कप्तानी गर्दै आएका छन् । धोनीले २००७ देखि २०१६ सम्म भारतीय क्रिकेट टोलीको कप्तानी गरेका थिए ।

धोनीले २०२० मा भारतीय क्रिकेट टोलीबाट सन्न्यास लिएका थिए । धोनीको कप्तानीमा चेन्नईले तीन पटक उपाधि जित्दा पाँच पटक उपविजेता बनेको थियो । आइपिएल २०२१ को फाइनलमा चेन्नईले कोलकताविरुद्ध पहिला ब्याटिङ गरि रहेको छ ।
यो पनि पढ्नुहोस् : धोनी पनि भारतको विश्वकप
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]