default_image

4 years ago

October 16, 2021

हर्षल मोष्ट भ्यालुएबल, ऋतुराजलाई ओरेन्ज क्याप

169 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरका तीव्र गतिका बलर हर्षल पटेल इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को मोष्ट भ्यालुएबल खेलाडी चुनिएका छन् । शुक्रबार भएको फाइनलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई २७ रनले हराउँदै उपाधि जितेको थियो ।

बेंगलोरलाई एलिमिनेटर सम्म पुर्याउन हर्षलले उत्कृष्ट प्रदर्शन गरेका थिए । हर्षलले १५ खेलमा ३२ विकेट लिएका थिए । जुन एकै सिजनमा लिएको सर्वाधिक विकेट लिने कीर्तिमान बराबर गरेका हुन् । चेन्नईका ड्वेन ब्राभोले पनि २०१३ मा ३२ विकेट लिएका थिए । चेन्नई सुपर किंग्सका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक रन बनाउँदै ओरेन्ज क्याप जितेका छन् ।

चेन्नईलाई च्याम्पियन बनाउन ऋतुराजले सर्वोत्कृष्ट प्रदर्शन गरे । ऋतुराजले १६ खेलमा १ शतक र ४ अर्धशतक सहित कुल ६ सय ३५ रन बनाएका थिए । ऋतुराजनै इमर्जिङ प्लेयर अफ द टुनामेन्ट घोषित भएका छन् । चेन्नईले पुरस्कार स्वरुप २० करोड भारु प्राप्त गरेको छ । उपविजेता कोलकताले १२ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको छ ।


अन्य सम्पूर्ण अवार्ड :


फेयर प्लेअवार्ड : राजस्थान रोयल्स

क्याच अफ द सिजन : रवि विश्रोई (पन्जाब किंग्स) अहमदाबादमा कोलकता नाइट राइडर्सविरुद्ध सुनिल नारायणको डीप मिडविकेटमा लिएको क्याच ।

सुपर स्ट्राइकर अफ द सिजन : शिम्रन हेटमायर (दिल्ली क्यापिटल्स) १६८ स्ट्राइक

गेमचेन्जर अफ द सिजन : हर्षल पटेल

सर्वाधिक छक्का : लोकेश राहुल (पन्जाब किंग्स), ३० छक्का


पावर प्लेयर अफ द सिजन :

वेंकटेश ऐर (कोलकता नाइट राइडर्स)

यो पनि पढ्नुहोस्ः चेन्नईलाई आइपिएल उपाधि

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.