4 years ago
October 19, 2021
एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ अघि वार्मअप खेलमा न्युजिल्यान्डमाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलिया स्टिभ स्मिथले ३० बलमा ३ चौका सहित सर्वाधिक ३५ रनको योगदान दिए ।

अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । तीव्र गतिका बलर काइल जेमिसनलाई चौथो र पाँचौं बलमा जोश इंगलिसले लगातार चौका प्रहार गर्दै अष्ट्रेलिया जित पक्का गराए । जेमिसनको अन्तिम ओभरको पहिलो बलम मिचेल स्टार्कले चौका प्रहार गर्दा दोस्रो बलमा एक रन बटुलेका थिए । तेस्रो बलमा एश्टन अगर कट एण्ड बोल्ड आउट भए ।
आरोन फिन्च र मिचेल मार्श २४–२४ रनमा आउट भए । ओपनर डेविड वार्नर पहिलो ओभरको पहिलो बलमै गोल्डेन डक आउट भएका थिए । टिम साउथीको बलमा मार्टिन गुप्टिलबाट वार्नर क्याच आउट हुन पुगे । मार्कस स्टोइनिसले २३ बलमा १ चौका र १ छक्का सहित २८ रनको योगदान दिए । एस्टन अगर १८ बलमा २ चौका र १ छक्का सहित २३ रनमा क्याच आउट भए । मिचेल स्टार्क १३ र जोश इंगलिश ८ रनमा अविजित रहे ।
न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । ट्रेन्ट बोल्टले २, टिम साउथी र काइल जेमिसनले १–१ विकेट लिए ।
त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ३० बलमा ५ चौका सहित सर्वाधिक ३७ रनको योगदान दिए । मार्टिन गुप्टिल ३० र ड्याल मिचेल ३३ रन बनाए ।
तल्लोक्रमका जेम्श निसमले १८ बलमा ३ चौका र २ छक्का सहित ३१ रन जोडेका थिए । अष्ट्रेलिया केन रिचर्ड्सनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । एडम जाम्पाले २, एश्टन अगर र मिचेल स्टार्कले १–१ विकेट लिए ।
दुबै टोलीले टि२० विश्वकपको तयारीको लागि वार्मअप खेल खेलेका हुन् । दोस्रो वार्मअप खेलमा बुधबार न्युजिल्यान्डले इंग्ल्यान्डसँग तथा अष्ट्रेलियाले भारतसँग खेल्नेछन् । विश्वकपमा अष्ट्रेलियाले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्नेछ । न्युजिल्यान्डले आगमी मंगलबार पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ । न्युजिल्यान्ड सुपर १२ को समूह बी र अष्ट्रेलिया समूह ए मा छ ।
पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।
सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।
यो पनि पढ्नुहोसः टि२० विश्वकप खेल तालिका नेपाली समयमा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]