default_image

4 years ago

October 30, 2021

भारतले न्युजिल्यान्डसँग खेल्नुअघि सुधार गर्नुपर्ने तीन कमजोरी

134 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२१ मा आइतबार पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार बेहोर्न पुग्यो । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले विश्वकप इतिहासमै पहिलो पटक भारतलाई पराजित गरेको थियो ।

दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाएका थिए । पाकिस्तानका तीव्र गतिका युवा बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर प्रमुख ३ विकेट लिएका थिए । अफ्रिदीले उत्कृष्ट बलिङ सामू विश्वस्तरिय ब्याटरको बाहुल्यता भएको भारत मध्यम योगफलमै समेटिएको थियो ।

जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित थिए । कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित थिए ।

यसअघि भारतले टि२० विश्वकप र एकदिवसिय विश्वकपमा पाकिस्तानसँग हार बेहोरेको थिएन । पाकिस्तानसँगको हारले भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाउन आइतबार न्युजिल्यान्डलाई हराउनै पर्नेहुन्छ । अन्यथा भारत समूह चरणबाटै घर फर्किने समीकरण उच्च छ । त्यसैले भारतलाई जित्नैपर्ने दबाब छ । यता पाकिस्तानसँग ५ विकेटले पराजित भएको न्युजिल्यान्डलाई पनि जित्नै पर्ने दबाब छ ।

भारतले न्युजिल्यान्डलाई हराउन टोलीमा केहि परिवर्तन र सुधार गर्नुपर्ने देखिन्छ । न्युजिल्यान्डसँग खेल्नुअघि भारतले सुधार गर्नुपर्ने तीन कमजोरी ।


छैटौं बलरको विकल्प

भारत पाकिस्तानसँगको खेलमा चार प्रमुख बलरका साथ मैदान उत्रेको थियो । हार्दिक पान्ड्या र रविन्द्र जडेजा अलराउन्डरको रुपमा थिए । जस्प्रित बुमराह, मोहम्मद शामी र भुवनेश्वर कुमार प्रमुख तीव्र गतिका बलर थिए । स्पिनर बरुण चक्रवर्ती र जडेजा थिए । भारतसँग एक बलरले खराब प्रदर्शन गर्दा अर्को पार्टटाइमको राम्रो विकल्प थिएन ।

हार्दिक ब्याटिङ गर्नेक्रममा कुँममा दुखाईपछि दोस्रो इनिङमा फिल्डिङमा आएका थिए । उनको स्थानमा ईशान किशनले फिल्डिङ गरेका थिए । सधैं प्रमुख बलर चल्छन् भन्ने हुँदैन । त्यो अवस्थामा पार्टटाइम बलर राम्रो विकल्प हुन् । तर भारतसँग छैटौं बलरको विकल्प थिएन । भुवनेश्वर र शामीको सुरुवात हुन सकेन । कमजोर बलिङ गरेकै बलरलाई निरन्तरता गर्नु पर्ने बाध्यता थियो । जसले ब्याटरको मनोबलमा पनि फरक पार्यो । पाकिस्तानका ब्याटरले त्यसको भरपूर्ण फाइदा उठाउँदै सहज जित दिलाए ।

शामीले ३.५ ओभरमा ४३ रन खर्चेका थिए । बुमराहले ३ ओभरमा २२ र भुवनेश्वर कुमारले २५ रन खर्चेका थिए । स्पिनर बरुण चक्रवर्तीले ४ ओभरमा ३३ र रविन्द्र जडेजाले २८ रन खर्चेका थिए । भारतीय टोलीको बलिङ सन्तुलनको लागि छैटौं बलरको विकल्प आवश्यक देखिन्छ । हार्दिक पूर्णरुपमा फिट भएमा उनी हुने छन् । अन्यथा रविचन्द्रन आश्विन र शार्दूल ठाकुर मध्य एक राम्रो विकल्प देखिन्छन् ।

ब्याटिङ सन्तुलनको लागि ईशान आवश्यक

भारतीय ब्याटरलाई बायाँ हाते बलर सधैं घातक बन्दै आएका छन् । बायाँ हाते बलरका साथ स्वींग बलमा भारतीय ब्याटर फस्दै आएका छन् । रोहित र राहुल पनि अफ्रिदीको स्वींग बलमै आउट भएका थिए । कोहलीको समस्या रहँदै आएको छ । अर्कोतर्फ भारतीय शीर्ष ६ ब्याटरमा ऋषभ पन्त मात्र बायाँ हाते ब्याटर हुन् । जसले गर्दा दायाँ र बायाँ हाते सन्तुलन मिल्न सकेको छैन । दायाँ हाते भारतीय ब्याटरलाई बायाँ हाते बलर हाबी हुँदै आएका छन् । यो अवस्थामा बायाँ हाते ईशान किशन राम्रो विकल्प हुन् ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट नयाँ बलका साथ इन स्वींग बलका लागि माहिर छन् । बोल्ट भारतीय ब्याटरमाथि निरन्तर घातक बन्दै आएका पनि छन् । ईशान किशन टि२० विशेष ब्याटर हुन् । आक्रामक ब्याटिङको क्षमता राख्छन् । केहि समय अघि आइपिएलमा मुम्बई इन्डियन्सबाट सनराइजर्स हैदराबादविरुद्ध ३२ बलमा ११ चौका र ४ छक्का सहित ८४ रनको इनिङ खेलेका थिए । वार्मअप खेलमा इंग्ल्यान्डविरुद्ध किशनले ४६ बलमा ७ चौका र ३ छक्का सहित ७० रनको इनिङ खेलेका थिए ।

किशन भारतीय ओडिआई र टि२० आईमा डेब्यूमै अर्धशतक प्रहार गर्ने खेलाडी समेत हुन् । उनको आगमनले ब्याटिङ सन्तुलन हुने देखिन्छ । त्यसको लागि भारतले रोहित शर्मा र लोकेश राहुल मध्य एकलाई बेन्च वा तल्लोक्रममा खेलाउनु पर्नेहुन्छ । ब्याटिङ सन्तुलनको लागि बायाँ हाते ब्याटर किशनको आवश्यक देखिन्छ ।

शीर्षक्रमका ब्याटरबाट उत्कृष्ट प्रदर्शनको आवश्यक

कुनैपनि टोलीको शीर्षक्रमको उत्कृष्ट योगफल बिना ठूलो योगफल बन्न सक्दैन । अर्कोतर्फ भारतको नतिजामा शीर्षक्रमका ब्याटरको प्रदर्शनले बढी प्रभाव पार्दै आएको छ । पाकिस्तानसँगको खेलमा शीर्षक्रमका ब्याटर चल्न सकेनन् । शाहिन अफ्रिदीले भारतविरुद्ध ड्रिम सुरुवात गरेका थिए । ओपनर रोहित शर्मालाई पहिलो ओभरको चौथो बलमै शून्यमा एलबीडब्लू आउट गरे ।

तेस्रो ओभरको पहिलो बलमा अफ्रिदीले लोकेश राहुललाई ३ रनमा बोल्ड आउट गरे । छैटौं ओभरको चौथो बलमा सूर्यकुमार यादव ११ रनमा क्याच आउट भएपछि भारत समस्यामा परेको थियो । खराब सुरुवातको कारण भारत कुनैपनि समय खेलमा हाबी हुन सकेन । मध्यक्रम र तल्लोक्रमका ब्याटर खराब सुरुवातको कारण खुलेर खेल्न सकेनन् ।

कुनैपनि टोलीले पहिलो पावर प्लेमै तीन प्रमुख विकेट गुमाउँछ भने जितको लागि कठिन पर्छ । शीर्षक्रमका ब्याटरको कमजोर प्रदर्शननै भारतको हारको प्रमुख कारण बनेको थियो । शीर्षक्रमका ब्याटरले उत्कृष्ट सुरुवात दिलाउन आवश्यक देखिन्छ । यो पनि पढ्नुहोस : पाकिस्तानसँग हारपछि भारतीय टोलीमा देखाएका पाँच दुविधा

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.