4 years ago
October 29, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि नयाँ दुई टोलीले तीन र अन्य आठ फ्रेन्चाइज टोलीले चार खेलाडी टिममा राख्न (रिटेन) गर्न पाउने भएका छन् । आइपिएल २०२२ देखि १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । आइपिएल अक्सन अघि सबै फ्रेन्चाइज टोलीले आफ्नो टोलीमा रहने चार र तीन खेलाडीको टुङ्गो लगाउनु पर्नेहुन्छ ।

चार मध्य तीन भारतीय र एक विदेशी खेलाडी राख्न सक्नेछन् । दुई नयाँ फ्रेन्चाइज टोली (अहमदाबाद र लखनउ) ले तीन खेलाडी अनुबन्ध गर्दा दुई भारतीय र एक विदेशी हुनुपर्नेछ । यस पटक फ्रेन्चाइज टोलीले राइट टु म्याच कार्ड (आरटिएम) हुने छैन । नयाँ फ्रेन्चाइज टोलीको रुपमा अहमदाबाद र लखनउ रहेका छन् ।
यसअघि आइपिएलमा एक फ्रेन्चाइज टोलीले पाँच खेलाडी सम्म रिटेन गर्न पाउथें । तर नयाँ टोली थपिएपछि नियम परिवर्तन भएको हो । मेगा अक्सन ३-३ वर्षको अन्तरमा हुनेछ । अन्तिम पटक २०१८ मा मेघा अक्सन भएको थियो । २०२१ मा आइपिएलको मेगा अक्सन हुनुपर्ने थियो । तर कोरोना महामारी र अर्को वर्षदेखि दुई नयाँ टोली थपिने भएपछि २०२१ मा मिनी अक्सन भएको थियो ।

यस सिजनको आइपिएल उपाधि चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चौथो पटक उपाधि जितेको थियो । मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधि जितेको थियो । कोलकताले दुई पटक उपाधि जितेको छ । राजस्थान रोयल्स, डेस्कन चार्जस र सनराइजर्स हैदराबादले १–१ पटक उपाधि जितेका छन् ।
२०२२ मा चेन्नई, मुम्बई, कोलकता, राजस्थान, दिल्ली क्यापिटल्स, पन्जाब किंग्स, हैदराबाद, लखनउ, अहमदाबाद र रोयल च्यालेन्जर्स बेंगलोर गरि कुल १० टोली हुनेछन् । आइपिएलमा १० टोली हुनेभएपछि नेपाली खेलाडीको सम्भावना पनि बढी रहनेछ ।
सोमबार सम्पन्न ६ घण्टा लामो बोलकबोलपछि आरपी संजिव गोएंका समूह (आरपीएसजी) र सिभिसीले टोली खरिद गरेका थिए । आरपीएसजीले ७ हजार ९० करोड भारतीय रुपैयाँमा लखनउ फ्रेन्चाइज खरिद गर्दा सिभिसीले अहमदाबाद खरिद गर्न ५ हजार ६ सय २५ करोड भारतीय रुपैयाँ खर्चेको थियो । आरपीएसजीले तिरेको मूल्य आइपिएलले राखेको न्युनतम २ हजार करोडभन्दा २ सय ५० प्रतिशत बढी हो । २२ कम्पनिले फ्रेन्चाइज खरिद गर्न इच्छा देखाएपनि ९ कम्पनि अन्तिम बोलकबोलमा उपस्थित थिए ।
यो पनि पढ्नुहोस् : आइपिएलमा लखनउ र अहमदाबादको टोली थपिए
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]