4 years ago
November 7, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा पाकिस्तानले आफ्नो समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तान अपराजित रहँदै सेमिफाइनल खेल्ने सोचमा छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरुहुनेछ ।

पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगि सकेको छ । स्कटल्यान्ड समान खेलमा जित बिहिन हुँदै बाहिरि सकेको छ । पाकिस्तानलाई समूह विजेता बन्दै सेमिफाइनल खेल्न जित्नैपर्नु पर्ने हुन्छ । आज हुने पहिलो खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई हराउँदै सेमिफाइनल खेल्ने सोचमा छ । न्युजिल्यान्ड पराजित भएको खण्डमा भने भारत नेटरनरेटको आधारमा सेमिफाइनल खेल्ने सम्भावना उच्च छ ।
पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो । अफगानिस्तानलाई ५ विकेट र नामिबियालाई ४५ रनले पराजित भएको थियो । पाकिस्तान आजको खेलमा विजयी भएमा १० अंकका साथ अपराजित रहँदै शीर्ष स्थानमा रहनेछ ।
सेमिफाइनलमा पाकिस्तानले शीर्ष स्थानमा रहनसके सुपर १२ को समूह १ को उप विजेता अष्ट्रेलियासँग खेल्नेछ । तर आजको खेलमा अप्रत्याशि हार बेहोरेको खण्डमा र उता न्युजिल्यान्ड विजयी भएमा भने पाकिस्तान उपविजेता बन्नेछ । पाकिस्तान भन्दा न्युजिल्यान्ड अघि छ । पाकिस्तानको नेटरनरेट प्लस १. ०६५ र न्युजिल्यान्डको प्लस १.२७७ छ ।

पाकिस्तानका कप्तान बाबर आजम र मोहम्मद रिजवान उच्च लयमा छन् । यी दुई ब्याटरले आफ्नो उत्कृष्ट प्रदर्शनमा सहज जित दिलाउन सक्छन् । बाबरले चार मध्य तीन खेलमा अर्धशतक प्रहार गरेका छन् । रिजवानले ४ मध्य दुई खेलमा अविजित इनिङ खेलेका थिए । चार खेलमा दुई पटक शतकीय साझेदारी गरेका छन् । भारतलाई हराउन १ सय ५२ रनको अविजित शतकीय साझेदारी गरेका थिए ।
नामिबियाविरुद्ध १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । फखार जमान र आसिफ अली दुबै राम्रो लयमा छन् । दुबै आक्रामक ब्याटिङका लागि चिनिन्छन् । बलिङमा हरिस रौफ, हसन अली र शाहिन शाह अफ्रिदी तीव्र गतिका बलिङ हतियार हुन् । रौफ र अफ्रिदीको बलिङको गतीमै स्कटल्यान्डका ब्याटर दबाबमा पर्न सक्छन् ।

यता स्कटल्यान्ड अन्तिम खेलमा जितका साथ विश्वकप सकाउन चाहन्छ । स्कटल्यान्ड सुपर १२ मा अफगानिस्तानसँग १ सय ३० रन, नामिबियासँग ४ विकेट, न्युजिल्यान्डसँग १६ रन र भारतसँग ८ विकेटले पराजित भएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले पाकिस्तानका बलरलाई निराश बनाउन सक्छन् । मुन्शे राम्रो लयमा छन् । म्याथ्यु क्रस र माइकल लिस्क प्रमुख ब्याटरमा पर्दछन् । शफ्यान सारिफ, ब्राडली व्हील र मार्क वाट बलिङ अलराउन्डर हुन् ।
हेड टु हेड :
पाकिस्तान र स्कटल्यान्डबीच हालसम्म तीन टि२० आई खेल भएका छन् । तीनै खेलमा स्कटल्यान्ड पराजित भएको थियो । २००७ को टि२० विश्वकपमा पाकिस्तान ५१ रनले विजयी भएको थियो । २०१८ को दुई टि२० आई सिरिजमा पाकिस्तान ४८ रन र ८४ रनले विजयी भएको थियो ।
यो पनि पढ्नुहोस् : नामिबिया र स्कटल्यान्ड टि२० विश्वकप २०२२ मा सोझै छनोट
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]