4 years ago
November 9, 2021
एजेन्सी – भारत आइसिसी टि२० विश्वकप २०२१ मा अप्रत्याशित रुपमा समूह चरणबाटै बाहिरियो । प्रतियोगिता सुरुहुनु अघि उपाधिको प्रमुख दाबेदार मानिएको भारत सुपर १२ को समूह २ बाट तेस्रो स्थानमा अन्त्य गर्दै पाकिस्तान र न्युजिल्यान्ड भन्दा पछि रहेर बाहिरिएको हो ।

भारतलाई पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको हारनै ठूलो भारी पर्यो । पहिलो खेलमै भारत विश्वकप इतिहासमै पहिलो पटक पाकिस्तानसँग पराजित हुँदा प्रतियोगितामा दबाबमा परेको थियो । सुरुवाती दुई खेलको फराकिलो हारपछि भारतको अघिल्लो चरण औपचारिकता मात्र जस्तै देखिन्थ्यो । भारतले अफगानिस्तानलाई ६६ रन, स्कटल्यान्डलाई ८ विकेट र नामिबियालाई ९ विकेटले पराजित गर्यो । तर सेमिफाइनलमा पुग्न यी तीन जित पर्याप्त थिएनन् ।
भारतले टि२० विश्वकप २०२१ मा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेन । भारत विश्व क्रिकेटको जुन स्तरको टोली हो त्यो प्रदर्शन मैदानमा दखिएन । भारतको हारमा खेलाडीको मात्र कमजोरी र दोष लगाउन मिल्दैन । भारतीय क्रिकेट टोली, कप्तान, छनोटकर्ता र बोर्ड सबैको कमजोरी देखिन्छ ।
भारतले विश्वकपमा मैदान भित्र र बाहिर दुबै गल्ती गर्यो । जुन गल्ती र कमजोरी नै भारतलाई भारी परेको हो । भारत टि२० विश्वकप २०२१ मा समूह चरणबाटै बाहिरिनुको ५ कारण यस प्रकार छन् ।
५. खेलाडीलाई विश्रामको कमी

कोरोना महामारीको समयमा बायो बबल खेलाडीको लागि थप मानसिक तनाव थप्यो । त्यसमा भारतीय क्रिकेट टोलीले गतवर्ष नोभेम्बर देखि निरन्तर क्रिकेट खेल खेल्यो । क्वारेनटाइन र निरन्तर अन्तर्राष्ट्रिय खेलले भारतीय खेलाडीहरुले विश्रामको समय पाएनन् । गत नोभेम्बरमा दुई हप्ताको क्वारेनटाइनपछि भारतीय क्रिकेट टोलीले अष्ट्रेलियासँग जनवरी अन्तिम सातासम्म चार टेस्ट, तीन ओडिआई र तीन टि२० आई खेल खेलेको थियो ।
फेब्रुअरी मार्चमा भारतले घरेलु मैदानमा इंग्ल्यान्डसँग चार टेस्ट, पाँच टि२० आई र तीन ओडिआई सिरिज खेलेको थियो । अप्रिलमा भारतमा आइपिएल भएको थियो । आधा सिजनपछि स्थगित हुन पुगेको थियो । जुनमा न्युजिल्यान्डसँग टेस्ट च्याम्पियनसिप फाइनल खेल्यो । त्यसपछि अगष्ट सेप्टेम्बरमा इंग्ल्यान्डमा पाँच टेस्ट मध्य चार टेस्ट खेल खेलेको थियो ।

अन्तिम टेस्ट कोरोना कारण स्थगित हुँदा एक हप्तापछि भारतीय खेलाडीले युएई आइपिएल खेल्न गएका थिए । आइपिएल झण्डै एक महिना सम्म चल्यो । आइपिएलको कारण कमजोर प्रदर्शन हुनुमा एक कारण मानिन्छ । आइपिएल सकिएको दुई दिनपछि विश्वकप सुरु भएको थियो । जसको कारण भारतीय खेलाडीले कुनैपनि पछिल्लो एक वर्षमा विश्राम पाउन सकेनन् ।
भारतको तीनै शैलीमा एकै किसिमका खेलाडीहरु छन् । रोहित शर्मा, विराट कोहली, लोकेश राहुल, ऋषभ पन्त, जस्प्रित बुमराह, रविन्द्र जडेजा र मोहम्मद शामी लगायतका प्रमुख खेलाडी निरन्तर खेलहरु खेले । त्यसैले भारतीय खेलाडीहरुले विश्राम पाउन सकेनन् र नतिजा अपेक्षा अनुसार आउन सकेन । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रवि शास्त्रीले पनि विश्राम नहुनु एक कारण बताएका थिए ।
४. प्रमुख खेलमा कमजोर ब्याटिङ
सुपर १२ को समूह २ मा भारतका लागि पाकिस्तान र न्युजिल्यान्डसँगको खेल निकै महत्वपूर्ण थिए । अफगानिस्तान, स्कटल्यान्ड र नामिबियासँगको खेल औपचारिकता बाँकी थियो । तर भारत सुरुवाती दुई महत्वपूर्ण खेलमा कमजोर ब्याटिङका साथ पराजित भयो । महत्वपूर्ण खेलमा प्रमुख ब्याटर चल्न सकेनन् । भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । ओपनर लोकेश राहुल ३, रोहित शर्मा ४ र विराट कोहली ४९ बलमा ५७ रनमा आउट भएका थिए । न्युजिल्यान्डविरुद्ध भारतले झन खराब ब्याटिङ गर्यो । भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो ।
राहुल १८, ईशान किशन ४, रोहित १४, कोहली ९ र ऋषभ पन्त १२ रनमा आउट भएका थिए । दुबै खेलमा भारतलाई योगफल बचाउन पर्याप्त योगफल थिएन । जसको प्रमुख खेलमा खराब ब्याटिङ गरेपछि अघिल्लो चरण लगभग समाप्त भई सकेको थियो ।
३. निर्णायक टसमा अभागी भारत
विश्वकपमा टस निकै महत्वपूर्ण रह्यो । यस विश्वकपमा टस जित्ने टोलीनै खेलमा हाबी बने । भारतले पाकिस्तान र न्युजिल्यान्ड दुबै खेलमा टस हार्न पुग्यो । जसको कारण पहिला ब्याटिङ गर्दै खेल पनि हार्यो । पहिला ब्याटिङ गर्ने अधिकाम्स ठूला टोली स्तब्ध भएका छन् । न्युजिल्यान्डले पाकिस्तानसँग टस हार्दै ५ विकेटले हारको थियो । अष्ट्रेलिया पनि इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

अष्ट्रेलियाले समूह चरणमा जितेका चार खेलनै लक्ष्य पछ्याउँदा थिए । वेस्टइन्डिजले हारेका चार खेल मध्य तीन पहिला ब्याटिङ गर्दा थिए । दक्षिण अफ्रिकाले ५ खेलमा ४ मा जित सहित ८ अंक भएपनि नेटरनरेटकै आधारमा सेमिफाइनलमा पुग्न सकेन । दक्षिण अफ्रिका अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकाले जितेका चार मध्य तीन खेल लक्ष्य पछ्याउँदा थिए ।
लक्ष्य पछ्याउँदा इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको थियो । यस विश्वकप र युएईको पिचमा पहिला ब्याटिङ गर्ने टोलीलाई जित निकाल्नै मुश्किल पर्यो । प्रमुख टोलीले लक्ष्य पछ्याउँदा जित निकालेका छन् । पहिला ब्याटिङ गर्ने टोली पराजित भएका छन् । सुरुवाती दुई खेलमा टस भारतको पक्षमा गएको भए सायद नतिजा अर्कै आउन सक्थ्यो ।
२. मानकिस दबाब र खेलाडीमाथि विश्वासको कमी
भारतले यस विश्वकपमा उपाधि जित्न नसक्नुको प्रमुख कारणमा खेलाडीमाथि अत्याधिक मानसिक दबाब पनि हो । भारतलाई उपाधिको सुरुवात देखिनै दाबेदार मानिएको थियो । पछिल्लो समय सिरिजहरुमा सानदार प्रदर्शन गरेपनि आइसिसीको उपाधि जित्न सकेको थिएन । भारतीय खेलाडीलाई सुरुवात देखिनै उपाधिको दबाब थियो ।

त्यो दबाबमा भारतीय खेलाडीले आफ्नो स्वभाविक शैलीको खेल खेल्न सकेनन् । सुरुवातमै पाकिस्तान विश्वकपमा पहिलो हार बेहोरेपछि भारतले न्युजिल्यान्डविरुद्ध पनि कमजोर प्रदर्शन गर्न पुग्यो । अर्कोतर्फ निरन्तर अन्तर्राष्ट्रिय सिरिज र प्रर्दशनको दबाब, कोरोना महामारीको कठिन समयमा परिवार भन्दा बाहिर, लगातार क्वारेनटाइन र आइपिएलमा प्रदर्शनको दबाबले थप समस्यामा पारेको थियो ।
खेलाडीमाथि विश्वास नराख्नु पनि एक कारण हो । भारतले दोस्रो खेलमा ओपनिङ लोकेश राहुल र ईशान किशनको साथ गराएको थियो । पहिलो खेलमा रोहित बायाँ हाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको बलमा आउट भएका थिए । बायाँ हाते तथा इन स्वीग बल रोहितको कमजोरीको रुपमा लिन्छ । न्युजिल्यान्डविरुद्ध भारतले बायाँ हाते ट्रेन्ट बोल्टबाट बच्न रोहितलाई ओपनिङ गराएन ।

पहिलो खेलको प्रदर्शनपछि भुवनेश्वर कुमारको स्थानमा शार्दुल ठाकुरलाई मौका दियो । कप्तानले खेलाडीमाथि विश्वास राख्न सकि रहेका थिएनन् । लगातार खेलाडी परिवर्तनले खेलाडीले सुरक्षित महसुस गर्दैनन् र मनोबलमा असर पर्छ । क्रिकेट मनोबल र मानसिक खेल हो । मनोबल रुपमा बलियो भएमा मात्र मैदानमा प्रदर्शन गर्न सकिन्छ ।
१. विश्वकप टिम छनोटमा गल्ती
भारतले खराब प्रदर्शन गर्नुको मुख्य कारण खेलाडी छनोटमा गरेको गल्ती हो । भारतले सबैलाई आश्चर्य पार्दै प्रमुख स्पिनर युजभेन्द्र चहललाई टोलीमा राखेको थिएन । चहल २०१६ देखि भारतीय टोलीको पहिलो रोजाईकोे स्पिनरको रुपमा खेलेका थिए । विश्वकपअघि टि२० आईमा भारतबाट सर्वाधिक विकेट लिने खेलाडी पनि थिए ।

विश्वकपमा भारतले चहलको महसुस धेरै गर्नु पर्यो । चहलले मध्यक्रममा विपक्षी ब्याटरको विकेट लिँदै अन्य बलरलाई पनि सहज बनाउँदै आएका थिए । बरुण चक्रवर्तीले ३ खेलमा ७० रन खर्चिदा विकेट लिन सकेनन् । शार्दुल ठाकुर २ र भुवनेश्वर कुमार १ खेलमा विकेट विहीन बने । प्रमुख बलर बुमराहले ५ खेलमा ७ विकेट लिए । रविन्द्र जडेजा ७, रविचन्द्रन आश्विन र मोहम्मद शामीले ६–६ विकेट लिए । अन्यले विकेट लिन सकेनन् ।
तीव्र गतिका बलर दीपक चाहर टोलीमा परेनन् । चाहर नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट बलिङ गर्ने गर्दछन् । तर चाहर पनि टोलीमा अट्न सकेनन् । ब्याटिङ मात्र होईन बलिङ पनि भारतको विश्वकपमा निकै कमजोर रह्यो । पाकिस्तानविरुद्ध भारतका बलरले विकेटनै लिन सकेनन् । न्युजिल्यान्डविरुद्ध जस्प्रित बुमराहले मात्र २ विकेट लिएका थिए ।

भारतसँग बलिङ आक्रामण हुन सकेन । मध्यक्रमका अनुभवी ब्याटर श्रेयस ऐर टोलीमा रहेनन् । भारतको टोलीमा सन्तुलनको कमी देखियो । हार्दिक पान्ड्याको कमजोर लय अर्को कारण बन्यो । भारत बाहिरीनुमा विश्वकप टिम छनोटमा ठूलो गल्ती देखिन्छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]