default_image

2 years ago

January 3, 2022

राष्ट्रिय टोलीको ३४ सदस्यीय प्रारम्भिक नामावली घोषणा

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना मरिसससँगै हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । टोलीको तयारी पुसको अन्तिमबाट सुरु हुने भएको छ ।

माघको १५ र १८ गते नेपाल र मोरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ । प्रशिक्षण पुस ३० गतेबाट सुरु गर्ने तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

प्रशिक्षण सुरु हुँदा कतार एअरवेज सहिद स्मारक ए डिभिजिन लिगको नवौं चरण सञ्चालन भइरहेको हुन्छ । राष्ट्रिय टोलीमा बोलाइने खेलाडीको लिगमा आफ्नो क्लबको सकिएपछि प्रशिक्षणमा सामेल हुने बताइएको छ । राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरी पनि केहि दिन अघि नेपाल आइसकेका छन् ।

नेपाल फर्केपछि अलमुताइरीले नियमित रुपमा लिग हेरिरहेका छन् । लिगकै प्रदर्शनका आधारमा खेलाडीहरुलाई प्रशिक्षणमा डाकिने बताइएको छ । केहि नयाँ खेलाडीले पनि प्रशिक्षणमा मौका पाउने सम्भावना छ । फिफा डेटमा हुने मैत्रीपूर्ण खेल फिफा अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुन् । यसपटक माघ १० देखि १८ गते सम्म फिफा डेट रहेको छ ।

३४ सदस्यीय प्रारम्भिक टोली:

गोलरक्षक : विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, शत्रुघन चौधरी, टिकेन्द्र थापा

डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, नविन गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आयुष घलान, आकाश बुढा मगर, एरिक विष्ट, दिनेश हेन्जन, कमल थापा, कृतिश रत्न छुन्जु, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, तेज तामाङ, दर्शन गुरुङ, विशाल राई

फरवार्ड : आशिष लामा, अन्जन विष्ट, विमल घर्तीमगर, मनिष डाँगी, सुमन लामा, सुनिल बल, सुशील राई

यो पढ्नुहोस : राष्ट्रिय टोली छनोटमा ७ नयाँ खेलाडी

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.