default_image

2 years ago

January 7, 2022

विवादित एन्फा वित्तीय निर्देशकको विषयमा छानविन हुने

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले विवादित वित्तीय निर्देशक (फाइनान्स डाइरेक्टर) निरनजंग शाहका विषयमा छानविन गर्न उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ ।

शाहले एन्फाले खरिद गरेका हवाई टिकटमा रकम मेटाउँदै अर्को दर राखेको पाइएको र आन्तरिक लेखा परिक्षणका दौरान बैंकमा दाखिल गर्नुपर्ने रकम आफैसँग राखेको देखिएपछि त्यसका विषयमा छानविन गर्न खड्काको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । शाहलाई निलम्बन गर्दै छानविन गर्नुपर्ने माग वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसहितका पदाधिकारी र सदस्यले राखेपनि त्यो निर्णय भइनसकेको उनले जानकारी दिए । एन्फाले आफूले सार्वजनिक गरेको निर्णय विज्ञप्तिमा भने यो उल्लेख गरेको छैन ।

‘अध्यक्ष. वरिष्ठ उपाध्यक्षलगायत फेरि एकपटक यो विषयमा छलफलमा बस्नुहुनेछ त्यसपछि मात्र निलम्बन गर्ने नगर्ने टुंगो लाग्नेछ’, उनले भने, ‘अहिले उपाध्यक्ष खड्काको संयोजक तोकिएको छ। उहाँले आवश्यक सदस्यहरु राख्न पाउनुहुनेछ । आइतबारबाट ५ दिनको समय सिमा दिएर छानविनका लागि भनिएको छ ।’

जनवरी २०२० मा एन्फामा नियुक्त भएका शाहको कार्यशैलीमा यसअघि पनि पटक पटक असन्तुष्टि रहँदै आएको थियो । आर्थिक अनियमितता सँगै शाहले एन्फामा आवश्यक खर्चमा कडाइ गर्दै आफु निकट कर्मचारीलाई च्याप्दै आएको आरोप छ । उनकै कारण केहि महिनाअघि मात्र नेपाली राष्ट्रिय फुटबल टोलीले उधारोमा साफ खेल्ने वातावरण सिर्जना भएको थियो ।

वित्तिय निर्देशकका रुपमा आएका निरनजंग शाहको नियुक्तिदेखि नै विवाद रहेको थियो । उनको कार्यशैलीमा नै एन्फा कार्यसमितिका सदस्यले सामाजिक संजालमा लेख्दै आएका थिए । वित्तीय निर्देशककै कारण पनि वर्षको सुरुवातमा एन्फाका कर्मचारीले केहि समय तलब नै पाएका थिएनन् । त्यसपछि उनले संघमा आएको हवाई खर्चमा आफ्नै बढोत्तरी गरेर पैसा तिरेको विषयमा पनि एन्फाले छानविन गरेको थियो । उक्त छानविनको प्रतिवेदन तयार भएपनि कार्यसमिति बैठक बस्न नसक्दा कारवाही प्रक्रिया अघि बढ्न सकेको थिएन ।

बिहीबारदेखि सुरु भएको एन्फा बैठक शुक्रबार अबेर टुंगिएको थियो । २०७९ जेठ १५ गते कार्यसमितिको निर्वाचन गर्नेलगायतका १२ वटा निर्णय गर्दै एन्फा बैठक टुंगिएको थियो । फागुन १५ देखि ३० गते भित्र एन्फा जिल्ला संघ तथा चैत १ देखि १० गते सम्म एन्फा प्रदेशको निर्वाचन सक्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकको निर्णयहरु :

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.