default_image

2 years ago

January 9, 2022

जगजित र आशिष राष्ट्रिय टोलीको छनोटमा

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मिडफिल्डरद्वय जगजित श्रेष्ठ र आशिष राईलाई मौरिससविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि प्रारम्भिक टोलीमा समेटेका छन् ।

प्रशिक्षक अलमुताइरीले आर्मीबाट खेलिरहेका जगजित र च्यासलका युवा मिडफिल्डर आशिषलाई प्रारम्भिक छनोटमा समेटेका हुन् । आर्मीका मिडफिल्डर सन्तोष तामाङ पछिल्लो खेलमा चोट बोक्दै बाहिरीएपछि उनको स्थानमा दुई जनालाई टोलीमा राखिएको हो । यससँगै अलमुताइरीले गत साता घोषणा गरेको प्रारम्भिक टोलीमा अब ३५ खेलाडी रहने भएका छन् ।

मिडफिल्डर आशिष पहिलो पटक राष्ट्रिय टोलीको छनोटमा परेका हुन् । शनिबार पोखरा रंगशालामा भएको खेलमा च्यासलले मनाङसँग ५-० को हार बेहोरेपनि आशिषको प्रदर्शन राम्रो थियो । उनले च्यासलका लागि ६ खेल खेल्दा ३ खेलमा सुरुवात गरेका छन् । कुल २ सय ६३ मिनेट मैदानमा बिताएका उनले कुनै गोल र असिस्ट दिएका छैनन् । मिडफिल्डमा बल खेलाउने आशिष निकै मिहिनेती मिडफिल्डरका रुपमा चिनिन्छन् ।

यता जगजित पनि ४ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सुरमा छन् । पछिल्लो पटक सन् २०१७ मा फिलिपिन्सविरुद्ध भएको एसियन कप छनोटको खेलमा उनी टोलीमा थिए । अनिल गुरुङले संन्यास लिएको उक्त खेलमा प्रशिक्षक ग्योतोकु कोजीले झन्डै डेढ वर्षपछि टोलीमा समेटेपनि उनले खेल्न पाएका थिएनन् ।

जगजितले पछिल्लो पटक सन् २०१५ मा भारतको केरलामा भएको साफ च्याम्पियनसिपमा खेलेका थिए । उनले खेलेको अन्तिम खेलमा नेपाल भारतसँग ४-१ ले पराजित हुँदै बाहिरिएको थियो । जगजितले सन् २०१६ को सुरुवातमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए । उनी बंगबन्धु गोल्डकप जित्ने टोलीका पनि सदस्य थिए ।

यसअघि राष्ट्रिय टोली छनोटमा ७ नयाँ खेलाडी रहेका थिए । आशिषको आगमनसँगै अब टोलीमा नयाँ खेलाडीको संख्या ८ पुगेको छ । त्यस्तै अब राष्ट्रिय टोलीमा पुनरागमन गर्ने प्रयासमा रहेका खेलाडीको सुचिमा जगजितको नाम पनि जोडिएको छ । यसअघि ५ खेलाडी पुनरागमनको प्रयासमा थिए ।

यो पनि :

राष्ट्रिय टोली छनोटमा ७ नयाँ खेलाडी

विमल र देवेन्द्रसहित ५ खेलाडीको पुनरागमन

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.