default_image

2 years ago

January 23, 2022

आहा राराका सर्वाधिक सफल टोली मनाङ र पुलिस भिड्दै

82 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको चर्चा गर्दा केहि क्लबको प्रसंग उल्लेख नगर्ने हो भने त्यो अधुरो रहनेछ । त्यसमध्येका दुई क्लब हुन् मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब ।

आहा रारा गोल्डकपका सर्वाधिक दुई सफल टोली हुन् पुलिस र मनाङ । २०५८ सालको क्याराभान गोल्डकपलाई समेत छोड्दा लगातार २० वर्ष प्रतियोगिता आयोजना भइसकेको छ । ती २० संस्करणमा १२ पटक मनाङ र पुलिसले जितेका छन् । यि दुई टोलीले समान ६ पटक उपाधि जितेका छन् ।

यि दुई टोलीले आह गोल्डकपमा ४ पटक फाइनल खेलेका छन् । जसमा दुवै टोलीले समान २ पटक उपाधि जितेका छन् । समग्रमा भने आहामा यी दुई टोलीबीच ८ पटक भेट हुँदा मनाङले ५ र पुलिसले ३ पटक जितेको थियो । आहाका यि सर्वाधिक सफल दुई टोलीले यसपटक भने आइतबार क्वार्टरफाइनलमै एकअर्काको सामना गर्दैछन् ।

मनाङले सिधै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो । पुलिसले भने हिमालयन शेर्पा क्लबको चुनौतीलाई सडन डेथमा पन्छाउँदै मनाङसँगको भेट पक्का गरेको थियो । मनाङ र पुलिसबीचको खेल २ः३० बजे सुरु हुनेछ । लगातार दोस्रो महिना पुलिस र मनाङबीच पोखरा रंगशालामा प्रतिस्पर्धा हुँदैछ ।

गत महिना भने यि दुई टोलीले सहिद स्मारक ए डिभिजन लिगको खेल सोहि रंगशालामा खेलेका थिए । जसमा मनाङ ३–१ ले विजयी भएको थियो । लिगमा नवौं चरणको एक बाहेक सबै खेल सकिदा मनाङ १९ अंकका साथ दोस्रो स्थानमा छ । नवौं चरणको खेल खेल्न बाँकी रहेको पुलिस ७ अंकसहित अंक तालिकाको ११ औं स्थानमा छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.