default_image

2 years ago

February 1, 2022

जसले बुवाको ट्याक्सी नम्बरलाई जर्सी नम्बर बनाए..

114 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडले जनवरी ट्रान्सफर विन्डोमा ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमाराएसलाई अनुबन्धन गर्यो । फ्रान्सेली क्लब लियोनलाई ३३ मिलियन युरो तिर्दै प्रिमियर लिगमा रेलिगेसनको डरमा रहेको टोलीले युरोपेली फुटबलमा उत्कृष्ट मध्यका मिडफिल्डरलाई टोलीमा समावेश गर्यो ।

२४ वर्षीय ब्राजिलियन मिडफिल्डरले न्युकासलमा आएपछि जर्सी नम्बर ३९ रोजे । हुन त उनले यसअघि क्लबमा पनि सोहि जर्सी नम्बर नै प्रयोग गरेका थिए । सामान्यतया पहिलो रोजाइमा पर्ने खेलाडीले १ देखि २५ सम्मको जर्सी नम्बर प्रयोग गर्ने चलन रहेको छ । तर ब्रुनोले भने ३९ नम्बरकै जर्सी रोजेका हुन् ।

ब्राजिलियन मिडफिल्डरले आफ्नो बुबालाई समर्पित गर्दा यो जर्सी नम्बर रोजेका हुन् । उनको बुबा ब्राजिलको रियो सहरमा ट्याक्सी चलाउने गर्छन् । र ट्याक्सीको नम्बर ३९ रहेको छ । त्यसैले आफ्नो बुबाले गरेको संघर्षलाई सम्झंदै उनले यो जर्सी नम्बर पहिलो रोजाइमा राख्दै आएका छन् ।

ब्रुनोको बुबाले ट्याक्सी चलाउने गर्दथे भने आमाले साइकल पसल चलाउने गर्दथिन् । सन् २०१९ मा ब्रुनो ब्राजिलको एथलेटिको परानेन्सेबाट खेल्दा उनले सिजनको उत्कृष्ट ११ मा स्थान बनाएका थिए । उक्त अवार्ड समारोहमा उनी आफ्नो बुबाको ३९ नम्बरको ट्याक्सीमै समारोहमा पुगेका थिए ।

ब्रुनोले ब्राजिलको सिनियर टोलीमा पनि स्थान बनाउँदै आएका छन् । सन् २०२० नोभेम्बरमा उरुग्वेविरुद्ध खेल्दै डेब्यु गरेका उनले २०२० ओलम्पिकमा पनि खेलेका थिए । उनले सन् २०२० देखि लियोनका लागि ७१ खेलमा ३ गोल गरे।

न्युकासलले नयाँ मालिक आएसँगै लिगमा स्थान सुधार्न ट्रान्सफर विन्डोमा खुलेर खर्चने अनुमान गरिएको थियो । त्यसै अनुरुप टोलीले ५ खेलाडी अनुबन्धन पनि गर्न सफल रहयो । ब्रुनोसँगै एटलेटिको म्याड्रिडबाट काइरान ट्रीपिएर, बर्नलीका क्रिस वुड र ब्राइटनका ड्यान बर्न जनवरी विन्डोमा न्युकासल आएका छन् । त्यस्तै क्लबले एस्टन भिल्लाका लेफ्ट ब्याक म्याट टार्गेटलाई लोनमा भित्र्याएको छ ।

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

May 12, 2024

मियामीको पुनरागमन जित

एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो। मियामीका‌ लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र […]

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

Success

Thank you for your time.