default_image

2 years ago

February 2, 2022

अर्जेन्टिनाले कोलम्वियालाई हरायो

112 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्वियालाई पराजित गरेको छ । अर्जेन्टिनाले घरेलु मैदानमा १–० को झिनो जित निकालेको हो ।

अर्जेन्टिनामा बुधबार बिहान भएको खेलमा घरेलु टोलीको जितमा लोउटारो मार्टिनेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २९औं मिनेटमा मार्काेस एकुनाको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसअघि १४औं मिनेटमा मिगुइल बोर्जाको पासमा लुइस डियाजको प्रहारलाई अर्जेन्टिनी डिफेन्डर लिसान्द्रो मार्टिनेजले ब्लक गरिदिए । १६औं मिनेटमा एन्जल डि मारियाको प्रहार पोस्ट नजिकैबाट थोरै बाहिरियो ।

२९औं मिनेटमा माटिएनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले मार्काेस एकुनाको पासमा गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुइस डियाजको पासमा मिगुइल बोर्जाको प्रहारलाई अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजले गोललाइनबाट बचाउँदै बराबरी टारे ।

५९औं मिनेटमा डि मारियाको प्रहारले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मोजिकाको क्रसलाई लिसान्द्रो मार्टिनेजले क्लियर गरिदिदा कोलम्विया बराबरीबाट चुक्दै हार बेहोर्न पुग्यो ।

यो जितसँगै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । अपराजित रहेको अर्जेन्टिनाले १० जित र ५ बराबरीको नतिजा निकालेको छ । अर्जेन्टिनासँगको हारसँगै कोलम्वियालाई विश्वकपमा छनोट हुने सम्भावना न्युन बन्दै गएको छ ।

अब छनोटको बाँकी खेलमा कोलम्वियाले जितेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ । कोलम्विया १६ खेलबाट १७ अंक जोडेर सातौ स्थानमा रहेको छ । शीर्ष चार टोलीले सिधै तथा पाँचौ हुने टोलीले प्ले अफको बाटो अपनाउनुपर्ने हुन्छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.