default_image

2 years ago

February 5, 2022

ठूला तीन लिगमा उपाधि होडको खेल

64 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि यो साता युरोपियन क्लब फुटबल फर्कंदैछ । यो साता मिलान डर्वीमा उपाधि होड तथा बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले बुन्डेसलिगामा कडा चुनौतीको सामना गरिरहेका छन् ।

यस्तै ला लिगामा जाभी हर्नान्डेजले शीर्ष चारको भिडन्तमा एट्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । यो साताको फुटबलको मुख्य भिडन्त यही नै हो । सबैको नजर यसमा पर्ने नै छ । यसबाहेक केही अप्रत्यासित नतिजा पनि आउन सक्नेछ ।

सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलानले शहरी प्रतिद्वन्द्वी एसी मिलानसँग खेल्दैछ । इन्टर शीर्षस्थानमा ४ अंकले अघि छ । बायर्न म्युनिखले उपाधि जित्ने सम्भावना बलियो पार्न आरबी लाइप्जिगसँग तथा बोरुसिया डर्टमुन्डले एर्लिङ हालान्डविना बायर लिभरकुसनसँग खेल्दैछ । बार्सिलोना र एट्लेटिको म्याड्रिड शीर्ष चारको लागि प्रतिस्पर्धा गर्दैछन् ।

इन्टरविरुद्ध एसी मिलान

सिरी ‘ए’ को उपाधिको लागि लडाई होस् वा मध्य टेबलमा रहँदा, मिलान डर्वी सधै विश्व फुटबलको क्यालेन्डरमा चर्चामा रहने गर्दछ । मिलान र इन्टरबीच सिरी ‘ए’ मा १७६औं पटक प्रतिस्पर्धा गर्दैछन् । यि दुई टोली सान सिरोमा शनिबार राति १०:४५ बजे प्रतिस्पर्धा गर्दैछ ।

मिलान आफ्नो प्रतिद्वन्द्वी इन्टरसँग ४ अंकले पघि छ । मिलानको अर्काे सिजनको लागि च्याम्पियन्स लिग खेल्ने पनि बलियो सम्भावना रहेको छ । यद्दपि सान सिरोमा गत महिना स्पेजियासँग हार र त्यसपछि युभेन्ट्ससँग निराशजनक गोलरहित बराबरीपछि आफ्नो शीर्षता गुमाउन पुगेको थियो ।

इन्टर अक्टोवर यता सिरी ‘ए’ मा १० खेलमा अपराजित छ । जसमा ९ जित र १ बराबरीको नतिजा छ । इन्टरले गत नोभेम्वरमा मिलानसँग १–१ गोलको बराबरी खेलेको थियो । इन्टर आफ्नो केही मुख्य खेलाडीविना मैदान उत्रनेछ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण जोआक्विन कोरेआ र रोविन गोसेन्स टोलीमा हुनेछैन । रोविन गोसेन्स यसै विन्टरमा लोनमा एटलान्टाबाट इन्टर आएका हुन् । इन्टरमा उनको डेब्युको लागि अर्काे खेल नै कुर्नुपर्ने हुन सक्छ ।

मिलान आफ्नो मुख्य सेन्टर ब्याक सिमोन कायर, फिकायो तोमोरी र भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचबीच विनै मैदान उत्रनेछ । ज्लाटनले युभेन्ट्ससँगको बराबरीको खेलमा एंकलमा चोट बोक्न पुगेका थिए ।

बायर्नविरुद्ध लाइप्जिग

बायर्न र लाइप्जिगबीचको खेल यो साताको बुन्डेसलिगाको सबैभन्दा प्रतिष्ठित खेल हो । यो शनिबार राति नै हुनेछ । लिग लिडर बायर्न लाइप्जिगलाई हराउँदै बोरुसिया डर्टमुन्डमाथि ९ अंकको अग्रता लिदै टोलीमाथि दवाव बढाउन चाहन्छ । तर यसमा लाइप्जिग तगारो बन्न सक्छ ।

छैटौं स्थानमा रहेपनि लाइप्जिग तेस्रो स्थानको बायर लिभरकुसेनभन्दा ४ अंकले पछि छ । सिजनको खराब सुरुवातपछि नयाँ मालिक डोमेनिको टेडेस्कोको नेतृत्वमा लाइप्जिगले लय समात्ने प्रयत्न गरेको छ । टेडेस्को डिसेम्वरमा लाइप्जिग आएका हुन् । त्यसपछि पछिल्लो ६ मध्ये चार खेल जितेको छ ।

बायर्न आफ्नै मैदानमा बोरुसिया मोन्चेनग्लाडवाकसँग २–१ ले पराजित हुन पुगेको थियो । बायर्न उक्त हारपछि लाइप्जिगविरुद्ध जित्ने बाटोमा फर्कन उत्सुक हुनेछन् । लाइप्जिगविरुद्ध १३ मध्ये ८ खेल बायर्नले जितेको छ । चार बराबरी र एक हारको नतिजा छ ।

आफ्नो पुर्व टोलविरुद्ध प्रशिक्षक जुलियन नागेल्सम्यान उत्रदा अफ्रिका कप अप नेसन्समा रहेका बोउना सार र एरिक म्याक्सिम चुपो मोटिङ हुनेछैन । जबकि लियोन गोरेट्ज्का र अलफन्सो डेभिस घाइते छन् । यता, टेडेस्को लेफ्ट ब्याक मार्सेल हलस्टेनवर्गविना रहँदा मोहम्मद सिमाकानले खेल्नेमा शंका छ ।

डर्टमुन्डविरुद्ध बायर लिभरकुसेन

बायर्न म्युनिख र आरबी लाइप्जिगले खेलेको भोलिपल्ट बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा बायर लिभरकुसेनको आतिथ्यता गर्दैछ । अघिल्लो खेलमा जे जस्तो नतिजा आएपनि यही खेल नै बढी महत्त्वपूर्ण देखिन्छ । डर्टमुन्ड दोस्रो तथा लिभरकुसेन तेस्रो स्थानमा रहेको छ । यि दुई टोलीबीच ८ अंकको दुरी छ ।

डर्टमुन्डको लासग बायर्नमा भएको जित ठुलो हुन सक्छ । जबकी लिभरकुसेन कम्तीमा शीर्ष चारको सम्भावना बलियो बनाउन जितको लक्ष्यमा हुुनेछ । शीर्ष चारको दौडमा चार क्लबबीच चार अंककै अन्तर छ ।

डर्टमुन्डले पछिल्लो दुई खेलमा आइनट्राख्ट फ्रान्कफर्टलाई ५–१ ले तथा होफेनआइनलाई ३–२ ले पराजित गरेको छ । लिभरकुसेनले पनि उस्तै किसिमको नतिजा निकालेको छ । बोरुसिया मोन्चेनग्लाडवाकमाथि २–१ को जित र अग्सवर्गमाथि ५–१ को जित । डर्टमुन्डले आफ्नो स्टार युवा फरवार्ड हालान्डविनै खेल्नुपर्नेछ । हालान्ड चोटका कारण बाहिर छन् ।

बार्सिलोनाविरुद्ध एट्लेटिको म्याड्रिड

अघिल्ला सिजनमा यो खेललाई उपाधि होडको पृष्ठभुमिको रुपमा हेरिने गर्थ्यो । तर यसपटक बार्सिलोना र एट्लेटिको शीर्ष चारको दौडमा लडिरहेका छन् । जसले अर्काे सिजनको च्याम्पियन लिगमा स्थान बनाउन भुमिका बनाउन सक्नेछ ।

विशेषगरी बार्सिलोनालाई यो खेलले ठुलो महत्व बोकेको छ । नोभेम्बरमा रोनाल्ड कोम्यानको बर्खास्तीपछि जाभीले बार्सिलोनाको बागडोर सम्हल्दा औसतकै प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

यसैबीच एट्लेटिकोले नोभेम्वरको अन्त्यदेखि ला लिगाका पछिल्ला ७ खेल मध्ये २ खेलमात्रै जितेको छ । जुन क्लबको खराब प्रदर्शनमा पर्छ । तरपनि बार्सिलोनाभन्दा एटलेटिको एक अंकले अगाडि छ । क्लबको लेजेन्ड जाभीले व्यवस्थापकको रुपमा आफ्नो पहिलो गम्भीर परिक्षण गर्न सक्छन् ।

एडमा ट्राओरेले डेब्यु गर्ने सम्भावना छ । पिएरे एमरिक औवामियाङ आफ्नो फिटनेसका कारण खेल्नेमा शंका छ । एट्लेटिकोको आफ्नै टोली छनोटको टाउको दुखाई छ । एन्टोइन ग्रिजमनले चोटका कारण पुर्व क्लबविरुद्ध खेल्नेछैनन् । मार्काेस लोरेन्टे र जेफ्री कोन्डोग्विया पनि घाइते छन् । डिफेन्डर फिलिपेलाई कोरोना पुष्टि भएको छ ।

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

May 12, 2024

मियामीको पुनरागमन जित

एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो। मियामीका‌ लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र […]

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

Success

Thank you for your time.