default_image

2 years ago

February 7, 2022

ड्यानी आल्भेस – असिस्ट, गोल र रातो कार्ड

114 views

0 Bookmark

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसमा विशेष चरित्र छ । जो सबैभन्दा राम्रो र उत्तिकै खराब गर्न पनि माहिर छन् । बार्सिलोना र एट्लेटिको म्याड्रिडबीचको आइतबार राति भएको खेलमा के भयो त्यसले आल्भेसको त्यही कुरालाई प्रमाणित गर्दछ ।

ब्राजिलियन राइट ब्याक आफ्नो ३८ वर्षको उमेरको बावजुत यस संक्रमणकालीन अवधिमा टोलीलाई मद्दत गर्न यसै विन्टरमा बार्सिलोनामा सामेल भए । आल्भेसले निसन्देह टोलीमा आनन्द र अनुभव दुवै ल्याउँछन् ।

६८औं मिनेटसम्म आल्भेसले बार्सिलोनाका लागि गज्जबकै प्रदर्शन गरिरहेका थिए । उनल अतिरिक्त मिडफिल्डरको रुपमा खेल र आक्रमणमा विशेष रुपमा खेले । आल्भेसले टोलीको बल पोसेसन राख्दै लगातार एट्लेटिकोमाथि दबाब सिर्जना गराइरह्यो ।

बार्सिलोना आठौं मिनेटमा यान्निक कारास्कोको गोलबाट पछि प¥यो । तर, १०औं मिनेटमा जोर्डी अल्बाले दर्शनीय गोल गर्दा आल्भेसले असिस्ट दिए । र त्यसपछि ४९औं मिनेटमा आँफैले गोल गरे । दोस्रो हाफको शुरुमै उनले बक्सको ठीक बाहिरको सशक्त प्रहारलाई एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले बचाउने कुनै मौका नै पाएनन् ।

आल्भेसले गोल गर्दै टोलीले ४–१ को सहज अग्रता बनाइसकेको थियो । त्यसपछि उनी नायकबाट खलनायक बन्न पुग्यो । उनले ६९औं मिनेटमा यान्निक कारास्कोलाई फउल गर्दै सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ला लिगामा आल्भेसलाई देखाइएको यो १०औं रातो कार्ड थियो । उनी मैदानबाट ड्रेसिङ रुममा जाँदा उनले समर्थहरुबाट उत्तिकै माया पाएका थिए ।

उक्त खेलमा बार्सिलोना ४–२ ले विजयी हुन सफल भयो । आल्भेसले रातो कार्ड खानुअघि ५८औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन सकेन । यो जितले बार्सिलोना २२ खेलबाट ३८ अंक जोडेर चौथो स्थानमा उक्लदा एट्लेटिको ३६ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

May 11, 2024

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी – लगातार तीन पटकको विजेता र लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधिको खोजमा रहेको म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको पहिलो खेलमा फुलहम माथि ४-० को फराकिलो जित दर्ता गर्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जितमा डिफेन्डर जोस्को ग्वार्डीओलले दुई गोल गरे भने फिल फोडेन र […]

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

Success

Thank you for your time.