default_image

2 years ago

March 12, 2022

च्याम्पियन्स लिग खेलपछि एमबाप्पे र बेन्जेमाको भलाकुसारी

80 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) को च्याम्पियन्स लिगको २ लेगमा केलियन एमबाप्पे र करिम बेन्जेमाले ५ गोल गरेका थिए । फ्रान्सेली फरवार्डद्वयले समग्रमा रियलले ३-२ को जित हासिल गर्दा सबै गोल एक आपसमा बाँडे ।

एमबाप्पेले व्यक्तिगत रुपमा उच्च प्रदर्शन गर्नका बाबजुद टोलीलाई अघिल्लो चरणमा पुर्याउन सकेनन् । दोस्रो लेगमा ह्याट्रिक गर्दै बेन्जेमाले रियललाई क्वार्टरफाइनल पु्र्याए । व्यक्तिगत रुपमा उच्च प्रदर्शनका वावजुद टोलीको हारबाट एमबाप्पे निराश हुनु स्वभाविक थियो । तर खेलपछि एमबाप्पले बेन्जेमासँग केहि समय कुराकानी गरेका थिए ।

च्याम्पियन्स लिगमा यसपटक एकअर्काविरुद्ध उत्रनु परेर पनि उनीहरु फ्रान्सेली राष्ट्रिय टोलीका सहकर्मी हुन् । खेल पछि उनीहरुले ड्रेसिङ रुमको नजिक अर्को कोठामा १५ मिनेट कुराकानी गरेको बताइएको छ ।

रियलले घरेलु मैदान खेल्दा कस्तो हुन्छ भन्ने अनुभव त्यो खेलमार्फत एमबाप्पेले गरेका हुन सक्छन् । रियलका समर्थकहरुको च्याम्पियन्स लिगप्रतिको लगाव पनि उनले नजिकबाट नियाल्ने मौका पाएका थिए । पहिलो लेगमा १–० का हारका बाबजुद रियलले दोस्रो लेगमा ३–१ को जित र समग्रमा ३–२ को अग्रतासहित अन्तिम आठको यात्रा तय गरेको थियो ।

पिएसजी अन्तिम १६ बाटै बाहिरिदा त्यसको पीडा एमबाप्पलेलाई छ नै । तर, अर्को सिजन उनी रियल जाने सम्भावना पनि उत्तिकै रहेको अनुमान गरिएको छ ।

एमबाप्पे र बेन्जेमाको सम्बन्ध

बेन्जेमाले युवा स्टार एमबाप्पेलाई आफ्नो अनुभवसँगै सुझाव पनि दिने गरेका छन् । उनीहरुले फ्रान्सबाट ११ पटक सँगै खेलिसकेका छन् । बेन्जेमाले युरो कप अघि लामो अन्तरपछि फ्रान्सेली टोलीमा पूनरागमन गरेका थिए ।

एमबाप्पले पिएसजीका नेयमार र लियोनल मेस्सीबाट पनि धेरै सिक्ने मौका पाएका छन् । तीनै जना समर्थकहरुबाट निकै रुचाइएका खेलाडी हुन् ।

खेलपछि एमबाप्पले केहि समय शान्त वातावरणमा बेन्जेमासँग समय बिताउन पाए । त्यहि समयमा उनी आमा र वकिल पनि ड्रेसिङ रुमकै आसपास रहेको बताइन्छ् । तर, पिएसजीका अध्यक्ष नासिर अल खलिफा भने विवादित बनेका छन् । खेल पछि उनले रेफ्रीको रुपमा गएर तोडफोड गरेको समाचार सार्वजनिक भएका छन् ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.