default_image

3 years ago

April 9, 2022

जुलियनको चम्कदा डर्टमुन्डको सहज जित

108 views

0 Bookmark

एजेन्सी – परिवर्तित विंगर जुलियन ब्रान्ड्टको दुई गोल मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सहज जित निकालेको छ । डर्टमुन्डले भिएफवी स्टुटगार्टलाई २–० ले पराजित गरेको हो ।

मर्सेडेस बेन्ज एरिना स्टुटगार्टमा शुक्रबार राति भएको खेलको छ्रैटौं मिनेटमा जियोभानी रेनाले चोट बोकेपछि उनको स्थानमा मैदान छिरेका जसलयन नै डर्टमुन्डको जितमा नायक बने ।

जुलियनले १२औं मिनेटमा गोल गर्दै डर्टमुन्डलाई १–० को अग्रता दिलाए । उनले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि जुलियनले ७१औं मिनेटमा कप्तान मार्काे रिउसको पासमा गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै दोस्रो स्थानमा रहेको डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ६ मा छोट्याएको छ । डर्टमुन्डको २९ खेलबाट ६० अंक पुगेको छ । एक खेल कम खेलेको बायर्नको ६६ अंक छ । पराजित स्टुटगार्ट२७ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.