3 years ago
April 9, 2022
एजेन्सी – इन्ज्युरी समयमा दुई गोल गरेपछि सेभियाले स्पेनिस ला लिगामा रोमाञ्चक जित निकालेको छ । घरेलु मैदानमा सेभियाले ग्रानडालाई ४–२ ले पराजित गरेको हो ।
सेभियाको जितमा डिएगो कार्लाेस, लुकास ओकम्पास, राफा मिर र एलेसान्द्रो गोमेजले गोल गरे । ग्रानडाका डार्विन माचिस र भिक्टर डियाजले गोल फर्काए । रमन सान्चेज पिजवानमा शुक्रबार राति भएको खेलको २३औं मिनेटमा डार्विन माचिसको गोलबाट घरेलु टोली सेभिया पछि परेको थियो । डार्विनले लुइस स्वारेजको पासमा गोल गरेका थिए ।
तर, ग्रानडाको अग्रता लामो सम टिकेन । ३२औं मिनेटमा डिएगो कार्लाेसले जेसस नाभासको पासमा हेडर गोल गर्दै सेभियालाई खेलमा फर्काए । ६६औं मिनेटमा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाए । उनले जेसस कोरोनाको पासलाई सदुपयोग गरेका थिए ।
७६औं मिनेटमा राफा मिरले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । उक्त गोलको मुभअघि नै सेभियाका खेलाडीले ग्रानडाका खेलाडीमाथि फउल गरेको देखिएको थियो ।८८औं मिनेटमा भिक्टर डियाजले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले लुइस मिल्लाको पासमा गोल गरेका थिए ।
बराबरीतर्फ धकेलिएको खेलमा त्यसपछि इन्ज्युरी समयमा राफा मिर र गोमेजले गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए । राफा मिरले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा तथा गोमेजले इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा गोल गरे ।
यो जितसँगै सेभिया ३१ खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । सेभियाले दुई खेल कम खेलेको बार्सिलोना र एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडलाई ३ अंकले पछि पारेको हो । सेभिया शीर्षस्थानमा रियल म्याड्रिडभन्दा ९ अंकले पछि छ । पराजित ग्रानडा २९ अंक जोडेर १६औं स्थानमा रहेको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]