2 years ago
April 15, 2022
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा सुरु हुन लागेको प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक वनदेवी युवा क्लबले पत्रकार सम्मेलन गरी महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो । वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढीस्थित रंगशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए । सुदुरपश्चिम प्रदेश खेलकुद […]
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा सुरु हुन लागेको प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक वनदेवी युवा क्लबले पत्रकार सम्मेलन गरी महिला गोल्डकपको तयारी पूरा भएको जनाएको हो ।
वैशाख ३ गतेदेखि १० गतेसम्म धनगढीस्थित रंगशालामा गोल्डकपको आयोजना गरिने क्लबका अध्यक्ष सुसन जोशीले बताए । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगितामा विभागीय टिमसहित ८ क्लबको सहभागिता रहेको छ ।
अध्यक्ष जोशीले गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको प्लेयर अफ दि म्याच ५ हजार, विधागत उत्कृष्टलाई १० हजार र प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ हात पार्नेछन् । महिला गोल्डकप सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने अध्यक्ष जोशीले बताए ।
टाइसिट तथा ट्रफी सार्वजनिक
भोलीदेखि सुरु हुने महिला गोल्डकपको टाइसिट सार्वजनिक गरिएको छ । शनिबारको पहिलो खेल विभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच हुने छ । यस्तै पत्रकार सम्मेलनमा ट्रफी समेत सार्वजनिक गरिएको छ ।
वनदेवी युवा क्लब तेघरी लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहदैं आएको छ । क्लबले सुदुरपश्चिममा गोल्डकप आयोजना गर्नुअघि प्रदेशकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रदेशमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगिताहरुको उपाधि समेत जितेको छ ।
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]