default_image

3 years ago

April 26, 2022

रियल म्याड्रिड विरुद्ध म्यानचेस्टर सिटी : सम्भावित सुरुवाती ११

122 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडको सामना गर्दैछ । खेल मंगलबार मध्यरातको १२:४५ बजे सिटीको घरेलु मैदान इतिहाद रंगशालामा सुरु हुनेछ ।

सिटीले आफ्नो मुख्य डिफेन्डर रुबेन डियासलाई यसै साता प्रिमियर लिग अन्तर्गत वाटफर्डविरुद्ध ५-१ को जितमा चोटबाट फिर्ता पाएको छ । प्रशिक्षक पेप गुआर्डीओला अर्का डिफेन्डर काइल वाल्कर पनि यस खेलका लागि फिट रहने अपेक्षा गरिरहेका छन् । पोर्चुगिज डिफेन्डर जोआओ क्यान्सेलो भने तीन पहेंलो कार्डपछि प्रतिबन्ध पाएका कारण खेलमा हुने छैनन् ।

रियल म्याड्रिडलाई पनि खेलअघि चोटको समस्या रहेको छ । डेविड अलाबा तिघ्रामा समस्या देखिएपछि खेल्ने नखेल्ने पक्का भएको छैन । मिडफिल्डर क्यासेमिरो र डिफेन्डर फर्लान्ड मेन्डी पनि खेल्नेमा शंका रहेको छ । सबै खेलाडीको झिनो सम्भावना भने कायम छ ।

सम्भावित सुरुवाती ११ :

म्यानचेस्टर सिटी (४-३-३) : एडरसन – काइल वाल्कर, एमेरिक लापोर्ट, रुबेन डियास, ओलेक्जेन्दर जिन्चेन्को – बर्नार्डो सिल्भा, केभिन डे ब्रुएन, रोड्री – रियाद माहरेज, फिल फोडेन, रहिम स्टर्लिङ

रियल म्याड्रिड (४-३-३) : थिबाउट कोर्टुवा – ड्यानी कार्भाजल, एडर मिलिसाओ, नाचो फर्नान्डेज, मार्सेलो – टोनी क्रुस, एडुआर्डो कामाभिंगा, लुका मोड्रीच – फेडे भालभेर्डे, करीम बेन्जेमा, भिनिसियस जुनिअर

यो पनि : रियल म्याड्रिड विरुद्ध ह्याट्रिक गर्ने लक्ष्यमा प्रशिक्षक पेप

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.