3 years ago
May 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेको आरसी–३२ फुटबल एकेडेमीलाई जरिवाना लगाइएको छ ।
एन्फाको अनुशासन कमिटिले ‘सी’ डिभिजन लिग अन्तर्गत पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलमा अनुशासनहीन कार्य गरेको भन्दै आरसी–३२ लाई १ लाख ५० हजार जरिवाना सुनाएको हो ।
लिग कमिटीको सिफारिसमा अनुशासन कमिटीले आरसी–३२ का खेलाडी अनिश श्रेष्ठलाई २ वर्ष तथा बिदुर रिजाल र प्रविन राईलाई १–१ वर्षको प्रतिबन्ध लगाएको छ । उनीहरुले एन्फाले आयोजना गरेको वा स्वीकृती दिएको प्रतियोगिता खेल्न पाउनेछैन ।
यस्तै एन्फाले टिम अफिसियल सन्जीव कार्की र टिम व्यवस्थापकलाई जारी सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ । अफिसियल रविन चन्दलाई एक वर्षको प्रतिबन्ध लगाइएको छ । एकेडेमीका सञ्चालक रविन सुर्खेत जिल्ला फुटबल संघको नवनिर्वाचित अध्यक्ष समेत हुन् । उनी अन्तर्राष्ट्रिय फुटबलर रोहित चन्दका दाइ हुन् ।
लिग अन्तर्गत गत आइतबार एन्फा कम्प्लेक्समा भएको पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलपछि आरसी ३२ का खेलाडी र अफिसियलले खेलपछि भीआईपी एरियामा गएर म्याच रेफ्री र अफिसियलविरुद्ध हातपातमा गरेको एन्फाले जनाएको छ ।
यस्तै अनुशासन कमिटीले बी डिभिजन लिगमा बाँसबारी क्लबविरुद्ध अनुशासनहिन काम गरेको श्री भगवती क्लबको जरिवाना बढाएको छ । अब श्री भगवतीले १ लाख जरिवना बुझाउनुपर्नेछ ।
बाँसबारी क्लबसँग २–१ ले पराजित भएपछि श्री भगवतीका पदाधिकारीहरु पिचतिर दौडेर म्याच रेफ्री सुमन श्रेष्ठ र अफिसियललाई हातपात गरेका थिए । क्लबका पदाधिकारी राजाराम श्रेष्ठ र विक्रम डंगोललाई एक वर्षको प्रतिबन्ध लगाइएको छ ।
खेलाडी अनिश श्रेष्ठलाई पनि चैत २४ गतेदेखि लागु हुने गरी एक वर्षको प्रतिबन्ध लगाइएको छ । लिग कमिटीले क्लबलाई यसअघि ५० हजार जरिवाना गरेको थियो भने श्रेष्ठ र डंगोललाई क्लबका बाँकी खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।
यसैगरी बैठकले गत चैत २६ गते मध्यपुरविरुद्ध भएको घटनामा नयाँबस्ती युथ क्लबलाई लगाएको ३ लाख रुपैयाँको जरिवाना घटाएर १ लाख ५० हजार रुपैयाँ तोकेको छ ।
यस्तै नयाँबस्ती क्लबका प्रशिक्षक विकास राईलाई ६ महिना र खेलाडी मनोज राईलाई एक वर्ष प्रतिबन्ध लगाउने लिग समितिको निर्णयलाई यथावत राखेको छ । क्लबका पदाधिकारी श्रीबहादुर योगीलाई दुई वर्षको तथा व्यवस्थापक विकास राईलाई एक वर्षको निलम्बन गरिएको छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]