3 years ago
May 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलका मुख्य प्रशिक्षक र खेलाडीबीचको विवादको छानविन समितिको सदस्यमा रहेका फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटि र क्लब समन्वय कमिटिबाट राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघले खेलाडी र प्रशिक्षकविच भएको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनमा दिएको बिष्टले जानकारी गराए ।
हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकविच असमझदारी भई विवाद बढन् गएकाले अखिल नेपाल फुटबल संघले उक्त असमझदारीका सत्य तथ्य पत्ता लगाउन छानविन समिति गठन गरेको छ ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडीबीचको विवादको विषयमा छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार ३ सदस्यीय छानविन समितिको गठन गरेको थियो ।
नेपाली सेनाका अवकास प्राप्त उपरथी भिक्टर राणा, पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।
एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीका १० सिनियर खेलाडीले प्रशिक्षक अलमुताईरीको व्यवहारका कारण वैशाख १३ गते क्याम्प छाड्न परेको बताएका थिए ।
एन्फा होस्टलमा न्यूनत्तम सुविधा नभएकाले टोलीमा होटलमा राख्नुपर्ने भन्ने खेलाडीको माग राखेका रोहित चन्दलाई अलमुताइरीले टोलीबाट हटाएपछि विवाद सुरुवात भएको थियो । कप्तान तथा गोलरक्षक किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका रोहित खेलाडीहरुको आपसी सल्लाहमा नै होटलमा राख्नुपर्ने भनाई राखेका थिए ।
रोहितले आफूहरुकै सामूहिक माग राखेको त्यसमा छलफल गर्न खेलाडीहरुले गरेको आग्रहलाई अस्वीकार गर्दै अलमुताइरीले अन्य खेलाडीले पनि क्याम्प छाडे हुन बताएका थिए । त्यसपछि आफू क्याम्पबाट निस्केको खेलाडीहरुले पत्रकार सम्मेलनमार्फत वैशाख १५ गते जानकारी दिएका थिए ।
रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामाले क्याम्प छाडेका थिए । अलमुताइरीले बिहीबार मात्र १७ नयाँ खेलाडीलाई टोलीमा समेटका छन् । त्यसरी समेटिएका मध्ये विकेश कुथुले भने आफू तत्काल टोलीमा आबद्ध हुन नसक्ने जनाएका छन् ।
क्याम्पबाट निकालिएका १० खेलाडीहरुले एन्फासँग घटनाको छानबिन गर्न र आफूहरु दोषी पाइए कारवाही गर्न समेत आग्रह गरेका थिए ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]