default_image

2 years ago

May 20, 2022

मनाङको अध्यक्षमा घले नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजनको टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबको अध्यक्षमा विजय घले नियुक्त भएका छन् । क्लबको बिहिबार बसेको बैठकले घलेलाई नयाँ अध्यक्षमा नियुक्त गरेको जनाएको छ । क्लबका महासचिव तेन्जिङ गुरुङले अध्यक्ष मुखिया गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै घलेलाई अध्यक्षमा चयन गरिएको बताए । घले वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेपनि क्लबका […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजनको टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबको अध्यक्षमा विजय घले नियुक्त भएका छन् । क्लबको बिहिबार बसेको बैठकले घलेलाई नयाँ अध्यक्षमा नियुक्त गरेको जनाएको छ ।

क्लबका महासचिव तेन्जिङ गुरुङले अध्यक्ष मुखिया गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै घलेलाई अध्यक्षमा चयन गरिएको बताए । घले वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेपनि क्लबका सबै पक्षलाई समेट्न भन्दै उनले आफ्नो पद छाडेका थिए ।

यस्तै, बैठकले क्लबका नयाँ अध्यक्ष घलेलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनमा उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुदैछ । अब मनाङबाट अध्यक्ष घले आधिकारिक उम्मेदवार भएका छन् । वर्तमान एन्फा कार्यसमिति सदस्य रहेका घलेले अन्तिम पटकका लागि एन्फा कार्यसमितिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.