default_image

2 years ago

May 20, 2022

रोनाल्डोको इच्छा नयाँ प्रशिक्षक टेन हागले पूरा गर्ने

एजेन्सी – म्यानचेस्टर युनाइटेडले डच प्रशिक्षक एरिक टेन हागलाई क्लबको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । यस्तोमा क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको भविष्य के होला भन्ने चौतर्फी चासोको विषय बनेको छ । रोनाल्डोको सम्झौता क्लबसँग अझै एक वर्षका लागि रहेको छ । प्रशिक्षक टेन हागले पनि आफू रोनाल्डोसँग सहकार्य गर्न उत्साहित रहेको अभिव्यक्ति दिइसकेका […]

71 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले डच प्रशिक्षक एरिक टेन हागलाई क्लबको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । यस्तोमा क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको भविष्य के होला भन्ने चौतर्फी चासोको विषय बनेको छ ।

रोनाल्डोको सम्झौता क्लबसँग अझै एक वर्षका लागि रहेको छ । प्रशिक्षक टेन हागले पनि आफू रोनाल्डोसँग सहकार्य गर्न उत्साहित रहेको अभिव्यक्ति दिइसकेका छन् । यस्तोमा रोनाल्डोले पनि क्लबसँग अर्को सिजनका लागि आफ्नो इच्छा व्यक्त गरेका थिए । त्यसमा प्रशिक्षक टेन हाग पनि सहमत रहेको बुझिएको छ ।

रोनाल्डोले आफू क्लबमा अर्को सिजन पनि रहने तर त्यसका लागि क्लबले आफूलाई सहयोग पुग्ने खेलाडी भित्र्याउन माग गरेका थिए । यस सिजन रोनाल्डोसँग समन्वय गरेका उरुग्वेली फरवार्ड एडिन्सन काभानीले क्लब छाड्दैछन् । एन्थोनी मार्सियलका लागि पनि युनाइटेडले बाटो खुला गरेको छ । क्लबमा हाल फरवार्डको भूमिकामा मार्कस रासफर्ड मात्र रहेका छन् ।

रोनाल्डोले आफूलाई आक्रमणमा सहयोग गर्न क्लबले राम्रो खेलाडी अनुबन्धन गर्नुपर्ने बताएका छन् । टेन हागले पनि रोनाल्डोको यो अन्तिम सिजन रहेकाले नयाँ खेलाडीलाई अहिले रोनाल्डोसँग सहकार्य गराउने र अर्को सिजन आक्रमण नेतृत्व गर्न तयार पार्ने लक्ष्य राखेका छन् । युनाइटेडले बेन्फिकाका उरुग्वेली फरवार्ड डार्विन नुनेजलाई नजरमा राखेको छ ।

नुनेजले यस सिजन ३४ गोल गरे । च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध भएको क्वाटरफाइनलमा उनले दुवै लेगमा गोल गरेका थिए । च्याम्पियन्स लिगमा उनले कुल ६ गोल गरे । नयाँ सिजनका लागि आफ्नो एजेन्ट परिवर्तन गर्ने बताएका उनी नयाँ क्लब जाने सम्भावना रहेको छ ।

रोनाल्डोले क्लबमा अर्का सेन्टर फरवार्डको आगमनले उनलाई सहयोग पुग्ने तथा क्लबलाई पनि फाइदा पुग्ने जानकारी दिएका छन् । रोनाल्डोले मुख्य फरवार्ड भन्दापनि बायाँ भागमा खेल्दा आफूलाई सहज हुने बुझेका छन् । उनले करिअरको अधिकांश समय रियल म्याड्रिड र युभेन्टसमा सोही भूमिका निर्वाह गरेका थिए । युनाइटेडमा भने फरवार्ड नहुँदा उनी मुख्य स्ट्राइकर बनेका थिए ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.