default_image

2 years ago

July 17, 2022

लेवान्डोस्की बार्सिलोना जाने निश्चित

199 views

0 Bookmark

एजेन्सी – पोल्यान्डका फरवार्ड रोर्बेट लेवान्डोस्की बार्यन म्युखिनबाट बार्सिलोनामा आबद्ध भएका छन् । बार्सिलोनाले उनलाई ४५ मिलियन युरोमा भित्राएको हो । त्यसमा अर्को ५ मिलियन युरो थप्नु पर्नेे सम्भावना छ ।

बायर्नसँग अझै एक वर्षको सम्झौता बाँकी रहेकाले जर्मन क्लबले ५० मिलियन युरो माग गरेको थियो । त्यसका बाबजुद टोली ४५ मिलियन युरोमा लेवान्डोस्कीलाई विक्री गर्न सहमत भएको छ । उनले बार्सिलोनामा ३ वर्षको सम्झौता गरेका छन् । अर्को एक वर्ष थप गर्न सकिने विकल्प पनि सम्झौता रहेको बताइएको छ ।

उनले बार्षिक झण्डै ९ मिलियन युरो प्राप्त गर्नेछन् । जुन उनले बायर्नबाट पाउँदै गरेको पारिश्रमिक बराबर हुन्छ । सन् २०१४ मा बार्यन पुगेयता ३३ वर्षे लेवान्डोस्कीले ३ सय ७४ खेलमा ३ सय ४४ गोल गरेका थिए । गत सिजन उनले ४६ खेलमा ५० गोल गरेका थिए ।

लेवान्डोस्कीका बारेमा बार्सिलोनाको विज्ञप्ती
लेवान्डोस्की आफ्नो क्लबमा आबद्ध भएको बार्सिलोनाले विज्ञप्तीमार्फत जानकारी दिएको छ । ‘बार्सिलोना र बार्यन लेवान्डोस्कीको सुरुवाका लागि सहमत भएका छ । स्वास्थ्य परिक्षणपछि औपचारिक रुपमा सम्झौता हुनेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘उनी आफ्नो गोल गर्ने क्षमताबाट परिचित छन् ।’

लेवान्डोस्कीको आगमनले टोलीको अग्रपक्ति मजुबुत हुने विश्वास बार्सिलोनाले लिएको छ । प्रि सिजनका लागि अमेरिका भ्रमणमा जानुअघि नै लेवान्डोस्की टोलीमा आबद्ध हुने आशा गरिएको छ । बार्सिलोनाले पाब्लो टोरे, आन्द्रेस क्रिस्टिन्सिन, फ्राक केसिइ र राफिनालाई यो सिजन भित्राइसकेको छ । अझै केहि सम्झौता हुने बताएको छ ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.